ढकढक… ढक ढक ढक…. ढोका ढकढक्याएको आवाज गुन्जियो त्याहाँ।
“घरमा को हुनुहुन्छ?”
“ काकी, ए साईली काकी”
घर भित्र बाट कुनै जवाफ नआए पछि फेरी आवाज गुन्जियो।
“हैन को हुनुहुन्छ घरमा .. काकी …?”
दिलमान केही बेर ढोका अगाडी उभिएर बोलाउदै थियो। एक टकले धान दाउन गाडिएको खम्बालाई हेर्दै दिलमान यहि खम्बामा निम्तो बाधेर फर्कौ कि क्या हो सोच्दै थियो।
दिलमान नामै कति काफि थियो उस्को स्वभाव कस्तो होला भनेर जान्नलाई। गाउँमा पुजाआजा विहेब्रतमन वा कुनै कार्यक्रम गर्न परे दिलमान दिलो ज्यान लगाएर अगाडी सरेर काम गर्थे। गाउँको सबैलाई उ दिल देखिन नै सहयोग गर्थे रत उ दिलमान भएको थियो पुरै गाउँलेहरुको माँझमा। गाई दुहुन गार्हो परे दिलमान, खेत खन्न जोत्न परे दिलमान, घर छाउन परे दिलमान सबै काममा फिट थियो दिलमान। सबै गाउँलेहरुले उस्लाई मायाले दिले भनेर बोलाउथे।
ढोका खुले जस्तो उस्लाई लाग्यो त्यो घरको।
ढोकामा आखाँ पुस्दै पवित्रा उभि रहेको देखे। मसिंरको जाडोंमा एक सरो सेतो कुर्तामा बिना चप्पल ढोका बाहिर आखाँबाट झर्दै गरेको आशुँ सम्हाल्दै, फुकेको कपाल गजुल्टो पार्दै थियो पवित्रा।
नाउ उनको पवित्रा भए पनि दैवको बज्रपात होस् वा लोग्नेको बज्रपात होस् वा घर परिवारकै बज्रपात होस सबै सबै बज्रपातले उस्को पवित्रतामा अपवित्रता घोप्टाएको थियो। उस्को अरु दिदीबहिनीको जिवनको घरखेतमा सधै मुसलधारे पानी पर्थ्यो सबै सबै हरियाली हुने गर्थ्यो भने उसको जिवनको खेतबारीमा सधै असिना मात्रै पर्ने गरेर जिवननै छियाछिया पारेको मकैको पात जस्तै थियो।
हुन पनि उ कस्लाई गुहार्न सक्थि सानैमा गाउँकै केटा संग प्रेममा परे पछि केटा संग भागी विवाह गरेकि थिइन्। पछि केटा अलि खराब निस्किदियो उस्लाई के थाहा थियो आखाँले रुप रंग शरिरमात्र देख्दछ मान्छेको मन र बानी देख्दैन भनेर। सर्वस्व ठानेर जिवन सुम्पेकी पवित्रा आफैले आफुलाई अरिगांलको घारमा धकेलेको रहेछ उस्लाई थाहै भएन।
प्रत्येक दिन नसाको लठ्ठतामा भएको राक्षष लोग्नेको लात उसको भोडीमा बर्सीदा उनि मरे जस्तै हुन्थी। गुहार्थी सासु ससुरालाई तर मागी विवाह नगरेको साथमा दाइजो केही नल्याएको भन्दै सासु अझ छोरा सगैं लुगीं समाउदै उफ्रिदै उस्लाई भुत्लाउथी। ससुरा आफैमा मुक दर्शक थियो। घरमा नाट्य मन्चन भै रहदा ससुरा पुरै मस्त सुरमा टिभीमा व्यास्त हुन्थे। उस्लाई घरमा केही भएकै छैन जस्तै गरी पाईलट चुरोटको सर्को तान्दै भोडी कनाउदै बस्थे।
“को हो तपाई? कती कामले आउनु भो यती बेला?” पवित्रा ले सोधिन्।
गहभरीको आशुँ सम्हाल्दै थियो पवित्रा। उस्को अनुहार केही सुन्निएको थियो आखाँ रातो थियो। कपाल पुरै अस्तव्यास्त छरप्रस्ट थियो।
दिलमान बाहिर आगाँनमा उभएर उस्लाई हेर्दै थियो। पिडीको लाईट सिधा उसको अनुहारमा ठोक्किएकोले उस्को अनुहार प्रस्ट देख्न सकिन्थ्यो। जाडो समय अलि छिटो रात पर्ने उसै माथी बाहिर आगनमा बत्ती नहुदा पवित्राले दिलमानलाई प्रस्ट देखेको थिएन्। प्रस्ट नदेख्दा दिलमानलाई चिन्न मुस्किल भयो उसेलाई।
“पवित्रा म दिलमान!.. पर्सी चारपाटे जेठाको बिहे छ त्येसैले तिम्रो घर निम्तो दिन आएको..लौं यो
सुपारी लिऊ…।” दिलमान सुपारी दिन अगाडी बढे।
पवित्रा अलि झस्किदै काप्दै गरेको स्वारमा मात्रै हस भनिन्।
“हैन् को संग राती राती जुहारी गरेर बस्छेस है पवित्रा? भान्छामा तिउन ढड्यो.. ध्यान कता छ यस्को?” भित्र बाट साईली काकी कराउदै आउनु भो।
“ए दिलमान तिमी पो रहेछौं? किन आएको यति बेला?” साईली काकी
दिलमान” निम्तो दिन आएको”
साईली काकी” के के निम्तो हो दिलमान?”
दिलमान” बिहेको हो काकी”
साईली काकी” ल मलाई देउ सुपारी.. यस्तो साइतको सुपारी पनि यसलाई दिने हो त दिले?”
विरालोले मुसालाई झम्टे झै पवित्राको हातबाट सुपारी खोस्दै साईली काकी भुतभुताउदै घर भित्र लाग्नुभो।
दिलमान बुझ्न सक्थ्यो पवित्राको जिवनमा कति ठुलो ज्वारभाटा मच्चि रहेको छ।
पवित्राले मन ढुगां जस्तै बनाएर पिडा सहेर बसेकी थिइन त्येही मन ढुगां सहनशिल्ताको घेरा नाघेर नारी शक्ति युक्त ढुगां बने ढुगां ढुगां ठोक्किदा आगो निस्किन सक्छ दिलमान पुरै बुझ्न सक्थ्यो कल्पना गर्न सक्थ्यो।
पवित्रा आफ्नो हातको औंला मसार्दै निशब्द उभिरही। दिलमानलाई फर्केर घर जाउ कि त्येही केहि बेर बसौं झै भयो। धान दाउन गाडिएको खाबों र दिलमान खडा थियो एक टकले एक नासले। जुन टहटह जुनेली छर्दै मुस्काउन सुरु गर्दै थियो तर दिलमान पवित्राको अपमान देख्दा नरुन सक्ने अवस्थामा थियो न विरोध गर्न सक्ने अवस्था मै थियो। केही बेरको दउने खाबो संग उभिए पछि दिलमान सरासर घर फर्किए। न उस्ले काकीलाई गए भने न साईला काका लाई भने न पवित्रालाई नै भने। उ हान्निएर घर लागे।
अरु मानिसको अगाडी तल्लो तहको अपमानले पवित्रा सिसा जस्तै छिया छिया भै फुटेको थियो। सिसाको टुक्राले काटेर उस्को मुटुबाट हलहल्ती चिसो रगत बग्दै थियो। अरु मान्छे त्याहाँ भैदिएको भए आफुले आफुलाई सम्हाल्न सक्थि होली तर त्याहाँ बाल्य अवस्था देखिन युवा अवस्था सम्मकै मिल्ने साथीको अगाडी यो सबै घटना हुदा कसरी सक्थे आशुँलाई सम्हाल्न्।
पवित्रा रोइ रहिन मात्र रोइ रहिन निशब्द. बगाईरही आशुँको खोलो..।
ठुलठुलो मुडाले थिचे जस्तै उस्को मन थिचिएको थियो। कालो बादल छाए जस्तै उस्को आखाँमा कालै छाएको थियो।
उ कहिल्यै खुशीयाली जिवनमा नफर्किने गरी दुखै दुख युक्त अरिगालंको गोलामा परेकी थिइन्। न आफै निस्किन सक्थि न अरुले नै निकाल्न सक्थ्यो। उ आफै निस्किन सक्थि लास भएर, फुल मालामा सजिदै डोलीमा बसेर सदाको लागी।
दिलमान आफ्नो साथीको यो अपमान देख्दा उस्को आखाँ पानीले भिजाउदै पर बाटै टुलुटुलु हेरेरै आखाँ भरी आशुँ पारेर पवित्रालाई हात मात्रै उठाएर गए भनेर हिडेको थियो। पवित्रा घर भित्र गइन् । दिलमानलाई बस्न भन्न पनि सकेको थिएन उस्ले। मात्रै पुलुक्क हेरी दिलमानलाई आखाँ भरी आशुँ बनाईन अनि गइन् घर भित्र।
दिलमान पनि भारी मन लिएर घर फर्किएको थियो।
पवित्रा यसयलसी दिए लगत्तै मिलन संग बिहे गरेको थियो। मिलन इन्डियन लाहुरे साईला काकाको छोरा थियो। लाहुरेको छोरा भएको ले अलि फेसनमा हिरो जस्तै गरेर लुगा मिलाएर लगाउथे । लवज पनि सिनेमाको हिरो जस्तै गरेर हिड्थे। गाउँको केटाहरु संग खासै बोलचाल गर्दैन थे मिलन।
दुबै जना प्रेममा हुदा निकै खुशी थिए । तर त्यो खुशी लामो समय टिक्न पाएन। विहे गरेकै दुई तिन दिन देखिनै मिलन आफ्नो अस्ली रुप देखाउन सुरु गरिसकेको थियो। पवित्राको पवित्रता सबै अपवित्रा पारी सके पछि उस्को रुप त्येही बनावटी रहनु पर्ने कुनै औचित्य थिएन। विहे अगाडी पवित्राको गोलाई र मेटाई चौडाई मात्र नापेको मिलन विहे पछी पवित्राको गहिराई पनि नापे पछि उ परिवर्तन भएझै देखिएको थियो।
बाबाआमाको इच्छ्या विपरित प्रेम विवाह गरेर अचानक बाआमा दाजुभाई गुमाएकी पवित्रा विस्तारी आफ्नो श्रीमानको रुप परिवर्तन हुदै गएको पाउदा उस्को दुखं माथी अर्को दुखंको भारी थपिएको थियो।
न उस्ले दुख विसाउने चौतारी पाए न दुख लुकाउने दराज नै। मात्रै एक पछि अर्को दुख र पिडाको भारी थपिदै लगे बढाउदै लगे।
उ सिधा भित्र भान्छा कोठामा गए। बाकि रहेको भाडोको भात कोट्याउदै थालमा राखेर थोरै बचेको धिरौलाको तिउन सगं भात निल्ने प्रायस गरिन् तर अपमान र अपहेलानाले अघाइसकेको उस्को पेटमा खाना कहा रुच्थ्यो र ? खाना नखाई काले पप्पीको भाडोमा खनाई दिइन् ।
लोग्ने सासु ससुराको जुठो भाडा सफा गर्दै मनमा उम्लिएको पिडाको डल्लोलाई सुमसुमाउदै, दिलमान संगको बाल्यकाल सम्झिदै उ बाल्यकाल तिरै दौडिदै थियो। उफ्रिदै थियो दिलमानको हात समाउदै स्कुलको चौउरमा..।
यति यति पानी गगां रानी…..