खाडीको कमाई यसरी तस्करको हातमा, गैरआवसिय नेपालीलाई नागरिकता पाउन सकस

विमेस्टिक बैठकको बेला सार्वजनिक बिदा दिने तयारी

सरकारले सुरक्षा र ट्राफिक जाको कारण विमेस्टिक बैठकमा असर पर्ने देखेर काठमाडौं उपत्यकामा विमेस्टिक बैठक हुने दिन सार्वजनिक विदा दिने तयारी गरेको छ ।

एसियाड खेलको उदघाटनमा राष्ट्रपति जव बाईकमा सवारी भयो

उद्घाटनको नाटकीय र अविश्वासिलो शैली खेलकुदको इतिहासमा सायदै देख्न पाइन्छ। १८औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा त्यस्तै दृश्य देखियो, जसको कल्पनासम्म रंगशालामा उपस्थित खेलाडी, पदाधिकारी, विदेशी पाहुना र सञ्चारकर्मीले समेत गरेका थिएनन्।

जसले त्यो दृश्य देख्यो त्यो चकित पार्‍यो अनि आफ्नो मानसपटलमा त्यो दृश्यलाई सँधैका लागि कैद गर्न बाध्य बन्यो। यस्तै थियो, १८औं एसियाली खेलकुदको उद्घाटन समारोह।

स्थानीय समय अनुसार साँझ पाँच बजेदेखि नै मध्य जकार्तास्थित ऐतिहासिक जेलोरा बुङ कार्नो रंगशाला दर्शकले खचाखच भरिएको थियो। तर, सात बज्नै लाग्दा पनि कार्यक्रम स्थलमा प्रमुख अतिथि देखा परेका थिएनन्। ७६ हजार क्षमताको रंगशालामा करिव दुई घन्टादेखि प्रतिक्षारत दर्शकको धैर्यको बाँध छुट्नै लागेको हुन्छ।

यस्तैमा रंगशाला अगाडिको सडकमा एक्कासी सुरक्षाकर्मीको सवारी साधनको निकै लामो लस्कर देखा पर्छ। साइरन बजाउँदै हुइँकिएका सुरक्षाकर्मीको गाडीको लस्करको बीचमा कालो रंगको एउटा छुट्टै गाडी देखिन्छ। केही समयपछि त्यो गाडी एक्कासी रोकिन्छ र गाडीबाट सुट, पाइन्ट र टाईमा ठाँटिएका एक ब्यक्ति हात हल्लाउँदै ओर्लन्छन्।

त्यसपछि उनी एउटा मोटरसाइकलमा सवार हुन्छन् र हेलमेट लगाएर मोटरसाइकल स्टन्ट गर्दै रंगशालातर्फ हुइँकिन्छन्। ठाउँठाउँमा मोटरसाइकल रोकेर हेलमेट फुकाल्दा उनलाई देख्ने ब्यक्तिहरु छक्क पर्दै अनुहारमा आश्चर्यको भाव ल्याउँछन्। त्यसरी नै मोटरसाइकल चलाउँदै उनी रंगशालाभित्र प्रवेश गर्छन् र मोटरसाइकलबाट ओर्लिएर लिफ्ट चढी विशिष्ठ पाहुनाहरु बस्ने स्थानमा पुग्छन्।

उनलाई देख्नासाथ रंगशालामा चर्को होहल्ला सुरु हुन्छ र विशिष्ठ पाहुनाहरु पनि आआफ्नो स्थानबाट उठेर उनलाई अभिवादन गर्न थाल्छन्। धेरैलाई नाटकीय लाग्ने शैलीमा रंगशाला प्रवेश गर्ने ती ब्यक्ति हुन्, शनिबारदेखि सुरु भएको १८औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि अर्थात इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो।

यसरी नाटकीय शैलीमा राष्ट्रपति विडोडोको रंगशाला प्रवेशपछि सुरु हुन्छ, एसियाली खेलकुदको १८औं संस्करणको औपचारिक उद्घाटन समारोह। राष्ट्रपतिको प्रवेशलगत्तै सुरु हुन्छ, कोरियोग्राफीको विछट्टै राम्रो प्रयोग गरिएको स्वागत नृत्य। त्यसपछि १८औं एसियाली खेलकुदमा सहभागी ४५ वटै राष्ट्रका खेलाडी एकपछि अर्को गर्दै मार्च पास्ट्का लागि मैदानमा देखा पर्छन्।

अंग्रेजी अक्षरको वर्णानुक्रम अनुसार सबैभन्दा पहिले अफगानिस्तानका खेलाडी मार्च पास्ट्का लागि आउँछन्। त्यसपछि क्रमशः बहराइन, बंगलादेश, भुटान हुँदै २५औं नम्बरमा नेपाली खेलाडी मार्च पास्टका लागि देखा पर्छन्। मार्च मास्ट्मा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेर नेपालको नेतृत्व गर्छन्। मार्च पास्ट्मा सहभागी अधिकांश राष्ट्रका खेलाडी आआफ्नै संस्कृति झल्काउने पोशाकमा देखा परेका थिए। आयोजक राष्ट्रको हैंसियतले इन्डोनेसियाका खेलाडी मार्च पास्ट्मा सबैभन्दा अन्तिममा आएका थिए।

मार्च पास्ट् कार्यक्रमपछि मन्तब्य ब्यक्त गर्न आएका ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए० का अध्यक्ष अहमद अल फहाद अल अहमद अल सबाबले खेलकुदलाई राजनीतिसँग जोडेर आफ्नो संक्षिप्त धारणा राखे। उनले राजनीतिक कारणले लामो समयदेखि टाढिएका उत्तर र दक्षिण कोरिया खेलकुदको माध्यमले नजिकिनु १८औं एसियाडको सबैभन्दा ठूलो उपलब्धि भएको विचार ब्यक्त गरे।

‘उत्तर र दक्षिण कोरिया एक भएर खेलकुद मञ्चमा उभिनु यो एसियाडको सबैभन्दा ठूलो उपलब्धि हो। यसले विश्व भाइचारामा खेलकुदको भूमिकालाई अझ प्रस्ट्याएको छ’, उनले भने। उनले १८औं एसियाडसँगै इन्डोनेसियाले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाउने अवसर पनि जुर्नु इन्डोनेसियाका लागि दोहोरो खुसीको क्षण भएको धारणा पनि ब्यक्त गरे।

त्यसपछि राष्ट्रपति विडोडोले प्रतियोगिता औपचारिक रुपमा सुरु भएको घोषणा गर्दै १८औं एसियाडको शुभारम्भ गरे। उद्घाटन समारोहमा इन्डोनेसियाका ओलम्पियन खेलाडीहरुले ‘ओलम्पिक ज्योति’ प्रज्ज्वलन गरेका थिए। यसैगरी खेलाडी र निर्णायकका एक÷एकजना प्रतिनिधिले प्रतियोगिता अवधिभर अनुशासित रुपमा खेल्ने र निश्पक्ष रुपमा खेलाउने सपथ पनि लिएका थिए।

उद्घाटन समारोहमा इन्डोनेसियाको कला र संस्कृति झल्काउने लोभलाग्दो झाँकी र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। उद्घाटन समारोहलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न आतिसबाजीसँगै विभिन्न बैज्ञानिक प्रविधिको समेत प्रयोग गरिएको थियो। उद्घाटन समारोहमा विभिन्न राष्ट्रबाट विशिष्ठ पाहुनाहरुको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन राजधानी जकार्तामा भए पनि प्रतियोगिताका केही खेल भने पालेम्बाङ सहरमा पनि हुनेछन्। एसियाली खेलकुदको इतिहासमा पहिलो पटक एउटै राष्ट्रको दुई ठूला सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा एसियाका ४५ राष्ट्रका ११ हजार पाँच सय खेलाडी सहभागी छन्। यसदेखि बाहेक पाँच हजारभन्दा बढी प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मी समेत प्रतियोगितामा सहभागी छन्। प्रतियोगिता १६ दिनसम्म चल्ने छ। एसियाडको १८औं संस्करणमा ४० वटा खेल समावेश गरिएको छ। ६ वटा खेल भने एसियाडमा पहिलो पटक समावेश गरिएको हो।

इन्डोनेसियाले एसियाली खेलकुद आयोजना गर्न लागेको यो दोस्रो पटक हो। यसअघि सन् १९६२ मा इन्डोनेसियाले एसियाडको चौथो संस्करण आयोजना गरेको थियो। त्यतिबेला पनि प्रतियोगिताको उद्घाटन जेलोरा बुङ कार्नो रंगशालामै भएको थियो। त्यतिबेला केवल १३ खेलमा एक हजार चार सय ६० खेलाडीले मात्र सहभागिता जनाएका थिए।

उद्घाटन समारोह शनिबार मात्र भए पनि १८औं एसियाडका केही खेल भने चार दिन अघिदेखि नै सुरु भइसकेका छन्। समय अभावलाई ध्यानमा राखी फुटबल, बास्केटबल, वाटर पोलोलगायतका खेल उद्घाटन अघि नै प्रारम्भ गरिएको हो।

तीन राष्ट्रको झण्डामा परिवर्तन

१८औं एसियाली खेलकुद सुरु हुनुभन्दा ठीकअघि आयोजना स्थलमा राखिएका तीनवटा राष्ट्रको झण्डामा हेरफेर गरिएको छ। उद्घाटन समारोहभन्दा केही अघिसम्म प्रतियोगिता स्थलमा कुवेतको झण्डा राखिएको थिएन। सरकारले खेलकुदमा हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले सन् २०१५ को अक्टोबरमा कुवेत माथि प्रतिबन्ध लगाएको थियो।

त्यसयता कुवेतले आफ्नो राष्ट्रिय झण्डामुनि बसेर कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको थिएन। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिक खेलकुदमा समेत कुवेतले ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए० को झण्डामुनि रहेर ओलम्पिकमा सहभागिता जनाएको थियो।

एसियाली खेलकुदको १८औं संस्करणमा समेत कुवेत ओसीएकै झण्डामुनि खेल्न इन्डोनेसिया पुगेको थियो। तर, प्रतियोगिता सुरु हुनुभन्दा ठीकअघि आईओसीले कुवेतमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि एकाएक प्रतियोगिता स्थलमा कुवेतको झण्डा पनि फहराइएको छ।

यसैगरी १८औं एसियाडमा उत्तर र दक्षिण कोरियाको दुईवटा छुट्टाछुट्टै झण्डाको स्थानमा दुवै कोरियाको संयुक्त झण्डा राखिएको छ। प्रतियोगितामा दुवै कोरियाको संयुक्त टोलीले प्रतिस्पर्धा गर्ने भएकाले यी दुवै राष्ट्रको फरक फरक झण्डाको स्थानमा एकताको संकेत दिन बेग्लै संयुक्त झण्डा राखिएको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा समेत दुवै कोरियाका खेलाडीले संयुक्त रुपमा मार्च पास्ट् गरेका थिए। खेलाडीले मार्च पास्ट् गरिरहँदा दुवै कोरियाका राष्ट्रिय ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्षहरु मञ्चमा एकअर्काको हात समाएर प्रसन्न मुद्रामा उभिएका थिए।

फुटबलमा ऐतिहासिक जितको खोजी

१८औं एसियाली खेलकुदमा आइतबार नेपालले फुटबलको महत्वपूर्ण खेल खेल्दै छ। अघिल्ला दुई खेलमा पराजित भएका कारण नकआउट चरण प्रवेशका लागि नेपाललाई आइतबार हुने पाकिस्तानविरुद्घको खेल निकै महत्वपूर्ण छ।

त्योभन्दा पनि महत्वपूर्ण पक्ष नेपाली फुटबलले एसियाली खेलकुदमा हालसम्म १७ खेल खेलेकोमा एक खेल पनि जित्न सकेको छैन। त्यसैले पनि आइतबार पाकिस्तानसँग भिड्दा नेपाली टोली ऐतिहासिक पहिलो जितको खोजीमा हुनेछ।

नेपाली टोलीका सहायक प्रशिक्षक बालगोपाल महर्जन पनि यस कुरामा सहमत देखिन्छन्। उनी आइतबार आफूहरु पाकिस्तानलाई हराउँदै ऐतिहासिक जित हात पार्ने तयारीमा रहेको बताउँछन्। ‘हामी पाकिस्तानलाई हराउँदै एसियाली खेलकुदमा पहिलो जित दर्ता गराउने तयारीमा छौं’, महर्जन भन्छन्।

यसैगरी नेपालले पदकको आशा गरेको तेक्वान्दो खेल पनि आइतबारदेखि नै सुरु हुँदैछ। यसका अतिरिक्त ब्याडमिन्टनको टिम स्पर्धामा पनि नेपालले आइतबार नै प्रतिस्पर्धा गर्दैछ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

राष्ट्रपति भण्डारी किन स्वयम्भू निरिक्षणमा गईन ?

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गरेकी छन् । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो ।

विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गरेकी थिइन् । उनले सम्पदाको पुनःनिर्माण सम्पन्न गरेकामा सरोकार भएका सबैलाई धन्यवादसमेत दिइन् ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएका सम्पदाका बारेमा उल्लेख गर्दै राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए ।

आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने मन्त्री अधिकारीको भनाइ थियो । अनन्तपुर र प्रतापपुर करीब रु तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको हो । अरु सम्पदाहरु नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनःनिर्माण भएका हुन् । पूर्णरुपमा क्षति भएका र केही आंशिक क्षति भएका गरी १७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । समाचार कान्तिपुरमा छ ।

यसकारण अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई जर्बजस्त बल प्रयोग गरियो
कालो पेटिकोट लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्ने महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पछिल्ला दिनमा बलात्कार बढ्दै गएको विरोधमा कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका महिला र पुरुषलाई प्रहरीले अनामनगर वृत्तमा राखेको छ।

प्रदर्शन गर्नेमा महिला, पुरुष सँगै तेस्रो लिंगीसमेत थिए। सरकारले माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्धको घोषणा गरेको थियो। तर अदालतले उक्त घोषणा कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चले सरकारको घोषणाका कार्यान्वयन नगर्न आदेश दिए पनि प्रहरीले माइतीघरमा प्रदर्शन गर्नेविरुद्ध बल प्रयोग गर्दै आएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

गैरआवसिय नेपालीलाई नागरिकता पाउन सकस

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका व्यवस्थाको स्वागत गर्दै अपूर्ण रहेको टिप्पणी गरेको छ ।

गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदाहरू सच्याउन मागसमेत गरेको छ । अध्यक्ष भवन भट्टद्वारा जारी एनआरएनएको विज्ञप्तिले विधेयकमा छुट भएका केही विषयहरू सम्बोधन गर्न माग गरेको हो । ‘प्रस्तावित विधेयकमा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने भनिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘संविधानमा राजनीतिक अधिकारबाहेक भन्ने शब्द थिएन । यसले संविधानको भावनालाई संकुचित गर्न खोजेको हो कि भन्ने भान परेको छ ।’ यो आधारमा एनआरएनएले घुमारउरो भाषामा राजनीतिक अधिकारसहितको नागरिकताको माग गरेको देखिन्छ ।

विदेशमा रहेका नेपाली चेलीहरूका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने व्यवस्था हुनुपर्छ
योसहित ९ बुँदामा एनआरएनएले नागरिकतासम्बन्धी व्यवस्थामा असहमति जनाउँदै विज्ञप्ति जारी गरेको हो । ‘प्रस्तावित ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकामा त्यसको प्रमाण एक सर्तका रूपमा अघि सारिएको छ । हालको विश्वव्यापी प्रचलनमा धेरै मुलुकले नागरिकता दिँदा साविकको नागरिकता त्यागेको प्रमाण माग्दैनन्,’ विज्ञप्तिमा उल्लेख छ । परित्याग गरेको प्रमाणलाई अनिवार्य पूर्वसर्तका रूपमा राखिनुको औचित्य नदेखिएको जनाएको छ ।

नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्थामा पनि उसको असहमति छ । ‘गृह मन्त्रालयमा पहुँच पनि अप्ठयारो हुने र मन्त्रालय कार्यान्वयनभन्दा पनि नीति निर्माण गर्ने निकाय भएकाले यस्तो नागरिकता विदेशस्थित नेपाली नियोग र सम्बन्धित जिल्ला कार्यालयबाट नै प्राप्त हुने व्यवस्था गरिएमा सहज हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित विधेयकले गैरआवासीय नेपाली नागरिकका विदेशी पती पत्नीबारे केही नबोलेको जनाएको छ । ‘गैरआवासीय नेपाली नागरिकका विदेशी पती पत्नीलाई पनि गैरआवासीय नेपाली नागरिकता वा यस्तै प्रकारको स्थायी प्रकृतिको प्रमाणपत्रको व्यवस्था गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपाली नागरिकले चाहेमा अरू नेपाली नागरिकसरह नेपाली राहदानी पाउने व्यवस्था गरिनुपर्छ ।’ दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि नेपालसँग जोडेर राख्न सकिने गरी नागरिकतासम्बन्धी व्यवस्था गर्न माग गरेको छ ।

‘कुनै व्यक्तिले पहिले विदेशी मुलुकको नागरिकता लिएकामा पछि नेपाल नै फर्केर स्थायी बसोबास गर्ने निष्कर्षमा पुगेमा र निजले विदेशी नागरिकता परित्याग गरेमा स्वतस् साविकको नेपाली नागरिकता पाउने व्यवस्था गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । विदेशमा रहेका नेपाली चेलीहरूका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रस्ट व्यवस्था हुनुपर्ने अर्को माग छ । ‘हालको मस्यौदामा नेपालमा बस्ने नेपाली महिला नागरिकलाई मात्र समेट्न खोजिएको भान हुन्छ । यो व्यवस्था विदेशमा रहेका नेपाली महिला नागरिकको हकमा पनि लागू हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान २०७२ संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने प्रावधान राखेको छ । यो व्यवस्थाअनुसारको कानुन ल्याउन सरकारले संसद्मा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेस गरिसकेको छ ।

गैरआवासीय नेपाली संघले नेपालको नागरिकताको निरन्तरताका लागि पहलका लागि संरक्षक रामप्रताप थापाको संयोजकत्वमा एक कार्यदल गठन गरी ‘लबिङ’ गर्दै आएको थियो । ‘गैरआवासीय नेपाली नागरिकताले ठूलो संख्यामा बिदेसिएका नेपालीहरूलाई नेपालको सर्वव्यापी विकासमा संलग्न गराउन मद्दत गर्नेछ,’ एनआरएनएले भनेको छ, ‘विधेयकमा छुट भएका केही विषयहरूमा सबै पक्षको ध्यानाकर्षण गराउँछौं ।’ समाचार कान्तिपुरमा छ ।

यस्तो छ चिहान भित्र चलिरहेको घडीको मार्मिक कथा

-नवीन विभास

पुलिसचौकीमा तारिख थाम्न गएर पूर्वी रुकुमका एक युवा घर फर्केनन्। माओवादी ‘जनयुद्ध’ उकालिन थालेको त्यो याममा उनको ‘जिउँदो’ वा ‘मरु’ खबर पाउन नै परिवारले ९ महिना कुर्नप¥यो। गलिसकेको हाप्पेन्ट र चलिरहेको घडी उनलाई चिनाउने साक्षी बचेका थिए।

ती युवा थिए, पूर्वी रुकुमको चुनबाङस्थित गोर्जलेपाखाका भैरम दमाई ९छिनाल०, ३६। उनलाई तारिख लगाएको थियो, लाखर पुलिसचौकीले। र, त्यो घटना थियो, २०५५ असोज २६ गते।

‘काइँलाबाइ ९भैरम० तारिख थाम्न गएको राति दुईचारपालि बन्दुक पड्केको स्थानीयले सुनेका थिए रे। त्यसबेला नै मारो कि भने,’ भैरम भतिजा झुपी उर्फ सुनील कान्छाले मेसेन्जरमा कुबेतबाट भने, ‘तैपनि जिउँदो पो भेट्छम् कि भनी चारैतिर खोजिम्।’

भैरम मारिएपछि उनको परिवार बिचलित भयो। गरिबीले लखेटेर भारत र खाडी खेदिए। भैरमका तीन छोराका परिवार एउटै घरमा असजिलोगरी बसेका छन्। चार छोरालाई नै एकएकवटा बनाउन भनी घर छाउने ढुंगा बोकाएका थिए। घर नै नबनाई भैरम मारिए। जेठा छोरा रमेश पिताको बदला लिन भनेर कमरेड ‘बदला’ नाउँ राखी माओवादी सेना भए। फर्केपछि अरब गए। त्यसपछि भारतको शिमला गए। शिमलामा मरे। उनका छोराछोरी र पत्नी शिमलामै छन्। बाँकी तीन छोरा खाडीमा छन्।

पति र छोरो गुमाएपछिको वियोगमा थपिएको गरिबी र गाउँघरमा काटिने कुरासित लड्न सकिनन्, भैरमपत्नी। भैरम मारिएको १७ बर्षपछि भैरमपत्नी सुङर्नीले दोस्रो घरजम गरिन्।

कान्छो छोरालाई भैरमको सरकारी राहत दिने सहमति बन्यो। तर, यसले भैरम परिवारमा झगडा रोप्यो।

घरमूली नै मारिएपछि एउटा परिवारको लय कसरी भत्क्यो भन्नलाई भैरम परिवार नै काफी छ। यस्ता भैरम देशैभर छन्।

ठाट सुत्न छिमेकी घरमा गएका भैरमसहित तीनजनालाई लाखर पुलिसचौकीबाट आएका पुलिसले असोज २४ गते राति ११ बजे लगेका थिए। मान्छे मरेको घरमा राति सुत्न जानुलाई रोल्पा÷रुकुमतिर ठाट सुत्ने भन्छन्।

तिनैजना भोलिपल्ट अर्थात् २५ गते छुटे। तर, यातनाले मुस्किलले हिँड्नसक्ने अवस्थामा। भैरमलाई भने २६ गते तारिख थाम्नेगरी छोडिएको थियो।

तारिख थाम्न गएका भैरम घर नफर्केपछि २७ गते बिहान भैरममाता र पत्नी खाना लिएर पुलिसचौकी पुगे।

गोर्जलेपाखास्थित भैरम घर र पुलिचौकीबीच १०–१५ मिनेट पैदल दुरी थियो।

पुलिसले ‘भैरम त घर फर्किसक्यो’ भन्यो। खाना नलिएपछि ‘मारेको आशंका गरेर’ रुँदै सासूबुहारी घर फर्के।

सरकारी बन्दुकबाट चुनबाङमा मात्रै ३६ जना मारिएका छन् भने विद्रोही माओवादीबाट चार। सरकारी सिकार भएका गोपी, तुलबहादुर र कलसिंह पनि भैरम खलककै थिए। तुलबहादुरको शव अझै भेटिएको छैन।

आफ्नो कब्जामा लिई मारिएका भैरमजस्ता र दोहोरो मुठभेडमा परी देशभर १५ हजारभन्दा बढी मारिएका छन्। १० बर्ष लामो माओवादी ‘जनयुद्ध’मा एक हजारभन्दा बढी बेपत्ता छन्। राज्य ९सेना र पुलिस० र विद्रोही ९तात्कालीन नेकपा माओवादी०बाट अंगभंग हुनेका संख्या हजारौँ छ।

नयाँ संविधान बन्यो। सरकार पनि बन्यो। तर, शान्तिप्रक्रियाको एउटा अंग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले अझै आफ्नो काम सकेको छैन। भैरमजस्ता पीडितलाई न्याय दिलाउने भन्दा पनि सरकारले यसो गरेन र उसो गरेन भनेर रोनाधोनामै आयोगका समय बितेको छ। मंगलबार सत्य निरुपण तथा मेलमिलाप आयोगले ‘सरकार संक्रमणकालीन न्याय व्यवस्थापनमा गम्भीर नभएको ठहर’ गर्दै ‘स्थिति थप जटिल हुन नदिन’ प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको छ।

त्यसैले आयोगप्रति पीडितले ‘आश’ त गरेका छन् तर ‘भर’चाहिँ परेका छैनन्। आयोगमा दर्ता भएका ६० हजार उजुरीमा भैरम परिवारको परेको छ या छैन रु भैरम परिवार बेखबर छ।

पुलिसचौकी सदरमुकाम मुसिकोट गएपछि बेपत्ता परिवारले लाखर वरपरका जंगल, खोला, झाडी र बारीमा खोजेका थिए।

आखिरीमा पुलिसचौकीदेखि यस्तै ६० मिटरको दुरीमा रहेको घट्टमुनि भैरम र अर्का स्थानीय किसान हर्कबहादुर बुढा मगरलाई खपाएर गाडिएको अवस्थामा भेटे।

घट्ट स्थानीय कांग्रेस नेता वीरभान बिष्टको थियो भने उनकै घरमा पुलिसचौकी थियो। त्यसबेलाको राज्यको आँखामा दलित र तिनका बस्ती माओवादी थिए। त्यसमाथि गोर्जलेपाखाको दमाई बस्ती माओवादी प्रभावित थियो।

गाउँमा सबैभन्दा बढी पढेका र समाजसेवी भैरम त्यसै साँझ रुकुम सदरमुकाम मुसिकोटबाट घर फर्केका थिए। उनी खानेपानी उपभोक्ता समितिको काम लिएर सचिव भीमबहादुर बिष्टसित फर्केका थिए। बिष्ट स्थानीय शिक्षक थिए।

माओवादी समर्थक भैरम बन्दुक बोकेर हिँडेका माओवादी थिएनन्। परिवारका सदस्य र आफन्तले तारिख थाम्न नगई भाग्न सुझाएका थिए। त्यसताका गाउँले राति जंगलमा सुत्न जान्थे भने बिहान फर्केर आउँथे।

माओवादी प्रभावित रोल्पा र रुकुम थियो नै, त्यसमाथि पूर्वी रुकुमको चुनबाङ माओवादी गढ मानिन्थ्यो। चुनबाङसँग जोडिएको रुकुमकोटमा माओवादीले आक्रमण गरेको थियो भने अर्कोतिरको सिमामा जोडिएको महतमा आक्रमण गरी ९त्यसबेलासम्मको सबैभन्दा ठूलो पुलिस अधिकारीलाई कब्जा० डिएसपी ठूले राईलाई कब्जा गरेको थियो।

घना जंगलको छेउ र रोल्पासँग जोडिएको भैरमको गाउँ गोर्जलेपाखादेखि आधा घण्टाको पैदल दुरीमा रहेको भेरिडाँडामा माओवादी केन्द्रीय समिति बैठक बसेको थियो। त्यही बैठकबाट माओवादी ‘संसदीय साइत’ गरेको थियो।

चुनबाङलगायत रोल्पा र रुकुमका गाउँघरमा माओवादी रोपेका थिए, हालका गृहमन्त्री रामबहादुर थापा उर्फ कमरेड वादलले। उनलाई सघाएथे, लोकेन्द्र बिष्ट मगरले। त्यसबेला कृष्णबहादुर महरा, बर्षमान पुन, हेमन्तप्रकाश ओली, जनार्दन शर्मा र गणेशमान पुनहरु केन्द्रमा पुगेका थिएनन्। पुलिसचौकी रहेको गाउँका हुन्, पाँच प्रदेश सभामुख पूर्णबहादुर घर्ती मगर।

रोल्पा र रुकुममा सत्तारुढ दल कांग्रेससहितको पुलिस र माओवादीबीच जनयुद्ध थालनीअघि नै झडप सुरु भएको थियो। माओवादीले यसलाई ग्रामीण वर्गसंघर्षको नाउँ दिएको थियो। खासमा वादलले यसलाई प्रतिक्रियावादी राज्य सत्ताका ‘आँखा र कान’ फोर्ने संज्ञा दिँदै अभियान नै चलाएका थिए। त्यसबेलाको चर्चित अभियान थियो, सिज ९सिस्ने र जलजला० मितेरी अभियान। आँखाकान फोर्नेको अर्थ थियो, राज्यसत्तालाई गाउँबाट पुरै सम्पर्कविच्छेद गराउने। समाचार अन्नपूर्ण पोष्टमा छ ।

खाडीको कमाई यसरी तस्करको हातमा

पाँच वर्ष दुबईमा पसिना बगाएर कमाएको पैसा गुमाउनुपर्दा कृष्ण घले तनावमा छन् । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर मकाउ जाने सपनामा झन्डै सात लाख रुपैयाँ बुझाए ।

गाउँका ४ जना साथीसँग पनि जनही ६ लाख ७५ हजारका दरले एकमुष्ट साढे २६ लाख रुपैयाँ संकलन गरेर सफलले भनेको मान्छेलाई दिए। तर न उनी मकाउ जान पाए न त उनका साथी। यति बेला कृष्ण फसेको पैसा उठाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाइरहेका छन्। उनले भने, ‘दुबईमा कमाएको सबै गयो। दुस्खले कमाएको धन गतिलो ठाउँमा परेन।’

नवलपरासी कावासोतीका टीकाराम भट्टराईले जवानीको अधिकांश समय मलेसिया र साउदी अरबमा बिताए। ५ वर्ष मलेसियामा काम गरेर फर्केलगत्तै साउदी गएका उनले त्यहाँ २ वर्ष बिताए। फेरि मलेसिया गएर ३ वर्ष काम गरे। अघिल्लो वर्ष माघमा उनी नेपाल फर्के। दशक लामो विदेश बसाइबाट जोगाएको रकम खर्चेर फेरि टर्की लागे, मंसिरमा।

पर्यटक भिसामा पुगेका उनी भनेजस्तो काम र कमाइ नभएपछि मानव तस्करको सहयोगमा अवैध रूपमा ग्रिस छिर्ने प्रयत्नमा लागे। त्यही बेला पक्राउ परेर तीन दिन थुनामा बसेपछि नेपाल फर्किए। मनग्गे कमाउने लोभमा उनले मलेसिया र साउदी अरबमा पसिना बगाएर कमाएको करिब ६ लाख गुमाए। लामो प्रयत्नपछि उनले एजेन्टबाट साढे चार लाख त फिर्ता लिए तर अनेकन मानसिक यातना खेपे।

साढे ६ वर्ष कतार बसेका पाल्पा, रामपुरका नारायण सुनुवार डेढ वर्षअघि घर फर्के। कमाएको पैसा कहाँ लगाउने भन्नेमै वर्ष दिन गुजारे। आफन्तको सल्लाहमा उनले पनि टर्की जाने प्रक्रिया सुरु गरे। दिल्लीको बाटो हुँदै पर्यटक भिसामा टर्की पुगेका उनले भनेजस्तो काम त पाएनन् नै, आवासीय अनुमतिको कानुनी आधार पनि भेटेनन्।

त्यसपछि उनी पनि मानव तस्कर गिरोहलाई पैसा बुझाएर ग्रिस जान आँटेका थिए। त्यही बेला पक्राउ परे। चार दिन थुनापछि नेपाल फर्के। साढे ६ लाख रुपैयाँ गुमाएका नारायणले भने, ‘कतारको कमाइ स्वाहा भयो।’ यति बेला नारायणसहितका व्यक्तिले फसेको रकम उठाउन र अवैध रूपमा विदेश पठाउन संलग्नलाई कारबाही माग्दै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्।

इटहरीका उमेश विष्टको भोगाइ पनि उस्तै छ। पाँच वर्ष दुबई बसेर झन्डै दुई वर्षअघि फर्केका उनलाई लाग्यो( अब नेपालमै केही गर्नुपर्छ। तर के गर्ने भन्ने सोच्दासोच्दै केही महिना बित्यो। छटपटीका तिनै दिनमा उनको सम्पर्क दुबईमा सँगै काम गरेका पुराना साथी सफलराज कुँवरसँग भयो। मकाउ पुगेका सफलले आशा देखाएर भने, ‘मकाउ आउने भए चाँजो मिलाइदिन्छु।

भनेजस्तो कमाइन्छ।’ उनले साढे ४ लाख रुपैयाँ सफलले भनेअनुसार सन्तबहादुर गुरुङको खातामा हालिदिए। उनले गाउँले, छिमेकी र नातेदार गरी सात जनासँग पनि पैसा उठाए। २५ लाख रुपैयाँ सफललाई दिने गरी सन्तको खातामा हालिदिए। तर न उमेश मकाउ जान पाए न त गाउँले र आफन्त। उनले दुस्खेसो पोखे, ‘खाडीको कमाइ मकाउ सपनाले डुबायो। साथीभाइ र आफन्तको पैसा पनि डुब्यो।’

वैदेशिक रोजगारीमाथि अध्ययन र अनुसन्धानमा संलग्न गणेश गुरुङ खाडी र मलेसियाबाट कमाएर फर्केकाहरू मानव तस्करको चंगुलमा परेर बिल्लीबाठ हुने प्रवृत्ति बढदै गएको बताउँछन्। गुरुङको बुझाइमा स्वदेशभित्रै लगानीको उचित वातावरण र केही रकमसहित फर्किएका कामदारको पैसा सदुपयोग गर्ने नीति नहुँदा यस्ता घटनाले निरन्तरता पाइरहेका छन्। उनले भने, ‘लगानी गरेर स्वदेशमै बाँच्न सकिन्छ भन्ने आत्मविश्वास नभएर र बढी पैसा कमाउने लोभमा खाडी र मलेसियाबाट फर्किएकाहरू मानव तस्करको चंगुलमा परिरहेका छन्।’

मकाउको पासो

केन्द्रीय अनुसन्धान ब्युरोले साउन १३ मा मकाउ लैजाने आश्वासन दिएर ठगी गरेको आरोपमा सुनसरी, धरानका बालकृष्ण भण्डारीलाई पक्राउ गर्‍यो। उनीमाथि २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजारका दरले रकम उठाएको आरोप थियो। यही अभियोगमा ब्युरोले काठमाडौं सरस्वतीनगरबाट सन्तबहादुर कुँवरलाई पनि पक्राउ गरेको छ। कुँवरका साथबाट ब्युरोले केही थान हिसाबकिताब लेखिएको कापीसमेत बरामद गरेको छ।

कान्तिपुरलाई प्राप्त उक्त कापीमा मकाउमा बसेर एउटा समूहले हुन्डीको पैसा संकलन गर्ने र कुँवरले त्यसको भुक्तानी नेपाल बस्ने प्रापकलाई दिने गरेको देखिन्छ। मकाउ लगिदिने भन्दै नेपालमा उठाइएको रकम कुँवरले हुन्डीको कारोबारमा प्रयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी छ। उक्त कापीमा कुँवरले वर्षौंदेखि हुन्डी कारोबार गरेको र दुई करोडभन्दा धेरै रुपैयाँको कारोबार भएको देखिन्छ।

मकाउ बस्ने खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी र सफलकुमार कुँवरले हुन्डी र संगठित मानव तस्करीको काम सँगसँगै गरिरहेको दाबी केन्द्रीय अनुसन्धान ब्युरोको छ। ब्युरोका अनुसार मकाउ बस्ने यो समूहलाई नेपाल बस्ने बालकृष्ण भण्डारी, सन्तबहादुर कुँबर, पुष्टिककुमारी चौधरीले सघाइरहेका छन्।

ब्युरो स्रोतको दाबीमा हुन्डी र संगठित मानव तस्करीको समानान्तर अभ्यासको मुख्य काम भने राजेन्द्र खडकाले गरिरहेका छन्। ब्युरोमा अहिलेसम्म २४ जना पीडित सम्पर्कमा आएका छन् भने अन्य ३७ जनाको ब्युरोले खोजी गरिरहेको छ। एक अनुसन्धान अधिकारीले भने, ‘मकाउ बस्ने यो समूहले धेरैको उठिबास गराइसकेको छ।’ समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार