ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि विद्यार्थी फेल !
त्रिभुवन विश्वविद्यालयको चरम लापरबाही ट्रान्सक्रिप्ट लगेको १ वर्षपछि त्रिविले विद्यार्थीलाई फेल गरिदिएको छ ।
शुरुमा स्नातकोत्तर तहमा जीपीए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेश पढिरहेका छन् । तर अहिले जीपीए ३.० भन्दा कम ल्याउने विद्यार्थी फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौं विद्यार्थी आक्रोसित बनेका छन् ।
जबकि उनीहरु प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ । नयाँ पत्रिकाका अनुसार परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो ।
रोचक त के छ भने त्रिविले जारी गरेका ट्रान्सक्रिप्टमा हातैले फेल लेखेको छ । फेल भएका विद्यार्थीलाई ट्रान्सक्रिप्ट जारी गर्न मिल्दैन । तर पनिकाले जारी गरेको ट्रान्सक्रिप्टमा समेत यो फेल छ लेखेको पाइएको छ ।
यस कारण भिरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाद्य
अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
साताअघिको बाढीले डेब्रिजले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकलाई आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गापा २ तातोपानीको पोखरी, नागढुङ्गा, मुस्ताङको थासाङ्ग गापा ४ घाँसाको कोप्रेभीर, तल्लो घाँसा, थासाङ्ग गापा २ सिर्कुम, मार्फाको स्याउबारी कटान गरेको छ ।
‘बेनी–जोमसोम सडकको विभिन्न खण्डमा कालीगण्डकीले कटान गर्दा यातायात मात्र होइन पैदल यात्रासमेत बन्द भएको छ’ सडक विभागको साईट हेर्ने स्थानीय इन्द्रसिं शेरचनले भने, ‘अन्नपूर्ण गापाको नागढुङ्गामा कालीगण्डकीले बाटोसमेत कटान गरेपछि यात्रु भीरमा झुन्डिएर यात्रा गर्छन् । अझै केही दिन सडक खुल्ने संभावना छैन ।’ समाचार तस्विर सहित कान्तिपुरमा छ ।
२० राउण्ड गोली सहित सेनाका यि अधिकृत विमानस्थलबाट पक्राउ
२० राउण्ड गोलीसहित भारतीय सेनाका अधिकृत पक्राउ परेका छन्। बुद्ध एयरमा काठमाडौंबाट पोखरा जान लागेका भारतीय सेनाका अधिकृत बलबहादुर पुन आइतबार दिउँसो विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका हुन्।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा खत्रीका अनुसार विमास्थलमा चेकजाँचका क्रममा ‘पोइन्ट टुटु’ एमएमको २० राउण्ड गोलीसहित पुन पक्राउ परेका हुन्।
चितवन घर भएका पुन काठमाडौं बस्दै आएका थिए। आइतबार दिउँसो भने २० राउण्ड गोलीसहित उनी पोखरा उड्न लागेका थिए। विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा चेकजाँचका क्रममा उनको झोलामा गोली भेटिएको हो।
प्रहरी प्रवक्ता थापाका अनुसार पुनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।
यस्तो छ प्रधानमन्त्री कार्यालयको ¥यापिड अप्रेशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगतिरउपलब्धिबारे अनुगमन गर्ने भएको छ ।
प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्यापिड अपरेसन’ भनेको छ ।
महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।
मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने ।
सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्षरअप्रत्यक्ष ढंगले अनुगमन हुने गरेको छ ।
त्यस्ता निकायमा प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र र अन्य निकायमार्फत नियमितजसो अनुगमन हुने गरेको सचिव अधिकारीले बताए ।
नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै प्रधानमन्त्री केपी ओलीसमक्ष सबै मन्त्रालय र निकायका सचिवहरूले चालु आर्थिक वर्षभित्र सञ्चालन हुने कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । दुई दिनसम्म चलेको उक्त प्रस्तुतिमा मन्त्रीसमेत उपस्थित थिए ।
प्रधानमन्त्री कार्यालयले अहिले त्यतिबेला प्रस्तुत भएको खाकामा उल्लेख भएकै कार्यक्रमको प्रगतिरउपलब्धिबारे सूक्ष्म अध्ययन गर्न खोजेको हो । ‘त्यतिबेला यो मितिभित्र यो गर्छु भनेर समय तोकिएका कार्यक्रमको प्रगतिरउपलब्धिको अवस्था के छ भन्ने हामी हेरिरहेका हौं,’ सचिव अधिकारीले भने, ‘यसको प्रतिवेदन तयार गरेर प्रस्तुत गरिनेछ ।’
वार्षिक कार्यक्रम बनाउने बेलामै सम्पन्न गर्न सकिने किसिमका कार्यक्रम मात्र समावेश गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायहरूलाई सचेत गराएको थियो । त्यसैमा आधारित भएर मन्त्रालयहरूले कार्यक्रमको खाका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री ओली आफैंले पनि सम्बन्धित मन्त्रीसँग मन्त्रालयका प्रगतिबारे अनौपचारिक रूपमा छलफल गर्ने गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।
‘मन्त्रिपरिषद्मा सामूहिक र व्यक्तिगत रूपमा पनि प्रधानमन्त्रीले मन्त्रीहरूसँग उपलब्धिबारे समीक्षा गरिरहनुभएको छ,’ अर्यालले भने, ‘सचिवहरूसँग पनि प्रधानमन्त्रीले कार्यक्रमबारे जानकारी लिने गर्नुभएको छ ।’ समाचार कान्तिपुरमा छ ।
यो दशैंमा पनि नआउने भयो मेलम्चीको पानी
उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ ।
इटालीको निर्माण कम्पनी को(ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।
चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट ९फिनिसिङ० को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।
ुतीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छु, उनले भने, ुतीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।ु
अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड बक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षात्मा ‘हेड बर्क्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ हुने कार्यकारी निर्देशक कँडेलले बताए । हाल मुहानमा ‘हेड बर्क्स’ को कामको तयारी मात्र भइरहेको छ ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङमध्ये हालसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्छ ।
विसं २०६६ साउनबाट शुरु भएको सुरुङ निर्माण २०७४ चैतमा सम्पन्न भएको थियो । चीनको चाइना रेल्बे कम्पनीले ठेक्का छोडी गएपछि डेढ वर्ष नयाँ ठेक्का प्रक्रियाका कारण काम रोकिएको थियो ।
सुरुङ निर्माण सम्पन्न भएसँगै अन्तिम सजावटको काम शुरु भएको थियो । अन्तिम सजावटको काम सकेपछि असोज २६ गते सुरुङबाट मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने सरकारको लक्ष्य फेरि संशोधन हुने भएको छ ।
आयोजनामा हालसम्म रु २५ अर्ब २० करोड खर्च भइसकेको छ । आयोजना सम्पन्न गर्न ३१ अर्ब लाग्नेछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ९० प्रतिशत भएको उनले सुनाए ।
पानी सुन्दरीजल खसेपछि प्रशोधन गर्न अहिलेसम्मकै अत्याधुनिक प्रशोधन केन्द्रको पहिलो भाग निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा निर्माण भएको प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन हुनेछ । यो प्रशोधन केन्द्र डेढ महिनादेखि नै सञ्चालनमा आइसकेको छ ।
दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण शुरु भई ४० प्रतिशत काम सम्पन्न भएको छ । पुस मसान्तसम्म पहिलो चरणको दोस्रो भागको पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।
प्रशोधन केन्द्रको पहिलो भागमा वाग्मतीको पानी हाली परीक्षण सम्पन्न भएको छ । परीक्षणमा राम्रो देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको थोक प्रणालीको सुन्दरीजल–धोबीखोला ११ किमी दूरी परीक्षण गर्दा चार ठाउँमा चुहावट भयो । गोकर्ण, चुच्चेपाटी, चावहिल र गोपीकृष्ण हल अगाडि चुहावट पाइएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिएए । सडक खनेर चारै स्थानका चुहावट टालिएको छ ।
चुहावट टालिएसँगै वाग्मती नदीमा वर्षाद्मा बढी भएको पानी हालेर प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपभोक्तालाई वितरण शुरु गरिएको छ । वाग्मती नदीबाट दैनिक थप तीन करोड लिटर पानी उपभोक्ताका घरमा पठाउने कामको शनिबार सभामुख कृष्णबहादुर महराले शुभारम्भ गरे ।
यसअघि वर्षात्मा दैनिक १३ करोड लिटर र हिउँदमा नौ करोड लिटर पानी उपत्यकाका धारामा वितरण हुने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताउनुभयो । तीन करोड लिटर पानी थप भएसँगै पानी वितरणमा सहज हुने लिमिटेडले जनाएको छ ।
लिमिटेडका दुई लाख ७० हजार धारामध्ये ७० हजार धारामा तीन करोड लिटर पानी वितरण हुनेछ । जोरपाटी, बौद्ध, महाँकाल, कपन, चावहिल, गौरीघाट, नक्साल, कमलपोखरी, ज्ञानेश्वरलगायत क्षेत्रमा हप्तामा पाँच दिन दुई घण्टा पानी वितरण गर्न सकिने जनाइएको छ ।
थोक वितरण प्रणालीको ६८ किमीमै पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । सम्पन्न भएको स्थानमा क्रमशः पानी परीक्षण गरिनेछ । वाग्मतीमा पानी बढी हुञ्जेल परीक्षण गरिसक्ने निर्देशनालयको लक्ष्य छ ।
वाग्मतीको पानी घट्ने समयसम्म परीक्षण नसकिए मेलम्चीको पानी हालेर जाँच गर्ने योजना छ । असोजसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ ।
पानी वितरण गर्न पहिलो चरणमा बोलपत्र आह्वान गरिएको ६७० किलोमिटरको वितरण सञ्जालमध्ये ६५० किलोमिटरमा पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । २० किलोमिटरको काम भदौमै सम्पन्न गरिने जनाइएको छ । पछि बोपत्र आह्वान गरिएको स्वयम्भु, बालाजु क्षेत्रको २३७ किलोमिटरमा पनि वितरण सञ्जाल निर्माण शुरु भएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म यो क्षेत्रमा पनि सञ्जाल बनाई सकिने जनाइएको छ । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा नौ पोखरी निर्माण समेत सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । रासस
फेरी सरकारले ३ वटा विधेयक संसदमा दर्ता गर्दै
सरकारले मौलिक हक सम्बन्धी थप तीन वटा विधयेक संघीय संसद सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले वैयक्तिक गोपनियता सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, अनिवार्य तथा निस्शुल्क शिक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधयेक र भूमि सातांै संशोधन विधेयक २०७५ संसदमा पेश गर्ने निर्णय गरेको हो ।
यस्तै बलाधिकृत रथी पूर्ण चन्द्र थापालाई यही भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको महारथी पदमा पदोन्नती गरी प्रधान सेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले डा। डिल्लीराज खनालको अध्यक्षतामा ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आयोगको अध्यक्षको सुविधा राज्यमन्त्री सरह हुने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएबाट एकीकृत सार्वजनिक वृत्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम १५ मिलियन डलर स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
यस्तै सरकारले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जीवि चटौत, पुर्नवास तथा व्यवस्था पुनस् स्थापना कार्यकारी निर्देशक पदमा सिंचाई तथा जलस्रोत विभागका प्रमुख उपमहानिर्देशक पूर्णबहादुर वली, प्राविधिक कार्यकारी निर्देशक पदमा विद्युत विकास विभागका नरेन्द्र सिंह भण्डारीलाई काज खटाउने निर्णय गरेको छ । हाल प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लाािग बढीमा अर्को वर्षको असार मसान्तसम्म काजमा खटाउने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।
अस्थायी तथा सेवा करार सम्झौता बमोजिमका जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ । सो सम्बन्धी बाँकी व्यवस्था सामान्य प्रशासन मन्त्रालयले मिलाउने बाँस्कोटाले बताउनुभयो । समाचार कान्तिपुरमा छ ।