सरुवा रोगको तुलनामा नसर्ने रोगको जोखिम ह्वात्तै बढ्यो

पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम सरुवा रोगको तुलनामा ह्वात्तै बढेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेको थियो । तर अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी रहेको पाइएको छ ।

मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रको अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत रहेको छ । अर्कोतर्फ कूल मृत्युको ५१ प्रतिशत कारण नै नसर्ने रोग बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार