एसएसपी चन्द कन्चनपुरमा होलात समस्याको समाधान ?, बालगोपाल बने राष्ट्रिय फुटवल टिमको मुख्य प्रशिक्षक

खानेपानि नै नभएपछि गाउँ छाड्न बाद्य

मध्य वर्षामा पनि पानीको अभाव भएपछि आठराई गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । उनीहरू पानी नभएपछि अन्यत्र बसाइँ सर्न थालेका छन् ।

तमोर नदीसँग सीमा जोडिएको आठराई क्षेत्रको होडा गाउँका बासिन्दा गाउँमा रहेका पानीका मुहान सुकेपछि पानी खोज्दै गाउँ छोडेर तराईतर्फ बसाइँ झरिरहेको स्थानीय अगुवा टीकारम बस्नेतले बताए ।

कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आधार शिविरतर्फ जाने पर्यटक पदमार्गमा रहेको पाँचपोखरीमा पनि पानी अभाव भएपछि पानी खोज्दै अन्यत्रै सर्दै छन् ।

 

तेह्रथुम, ताप्लेजुुङ र पाँचथरका दुई दर्जन गाविसको प्रमुख व्यापारिक केन्द्र संक्रान्ती बजारमा पनि पिउने पानीको समस्या वर्षौंदेखि समाधान हुन सकेको छैन । ‘पानी नै खान नपाएर गाउँलेहरू हिँडे,’ स्थानीय टीकाराम तामाङले भने ।

हिउँद याममा सुकेका गाउँका खोल्साखोल्सीमा रहेका पानीका मुहानमध्ये वर्षादमा पनि पलाउन सकेका छैनन् । अघिल्ला वर्षहरूमा यति लामो समय मुहानमा पानी अभाव हुँदैनथ्यो । गत वर्षदेखि अधिकांश पानीका मुहान सुकेका छन् ।

०७२ सालमा गएको भूकम्पले पानीको मुहान रहेका क्षेत्रमा जमिन हल्लिँदा पानी भित्रभित्रै छिरेर हराएको स्थानीय बासिन्दाको भनाइ छ ।

गाउँमा पिउने पानी नै नभएपछि गाउँका हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की, पुण्य न्यौपानेलगायतको परिवार गाउँ छोडेर पूर्वी तराईतर्फ बसाइँ गएको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए ।

अरू दुई दर्जन परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन् । ‘बितेको पाँच वर्षमा गाउँ नै खाली हुन आँट्यो,’ उनले भने । पाँच वर्षअघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो संख्या घटेर आधाभन्दा तल झरेको प्रअ बस्नेतले बताए ।

संक्रान्ती बजार र आसपासका बस्तीमा पिउने पानी विस्तारका लागि सरकारले विनियोजन गरेको ४ करोड ५० लाखसमेत पानीको मुहान नभेटिएपछि सात वर्षअघि फ्रिज भएको थियो ।

‘स्थायी पानीको स्रोत नै नभेटिएपछि यति धेरै रकम फ्रिज भयो,’ उद्योग वाणिज्य संघ संक्रान्ती उपशाखाका पूर्वअध्यक्ष भोला काफ्लेले भने । योजना सञ्चालनका लागि आएको रकम फ्रिज भएपछि संक्रान्ती बजारवासीले अहिले पनि पिउने पानीको अभाव झेल्दै आएका छन् । समाचार कान्तिपुरमा छ ।

एसएसपी चन्द कन्चनपुरमा होलात समस्याको समाधान ?

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आन्दोलन उग्र बनिरहँदा ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ ।

७ नं। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले आन्दोलन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई पठाइएको बताए ।

‘त्यहाँको आन्दोलन उग्र बन्दै गएपछि अवस्था सामान्य पार्न एसएसपी खटाइएको हो’ उनले भने, ‘एसएसपी सा’बले त्यहाँ सहजीकरण गर्दै अनुसन्धानबारे पनि वास्तविक अध्ययन गर्नुहुनेछ ।’

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको भन्दै एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने बताए । डीआईजी केसीले जिम्मेवारीसहित एसएसपी खटाएपछि अब निर्मला पन्त हत्याकाण्डको अहिलेसम्म भएको अनुसन्धानको वास्तविकता र बाँकी प्रक्रिया उनले नै हेर्ने छन् ।

कञ्चनपुरका एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेकाले एसएसपी खटाइएको हो भन्ने प्रश्नमा उनले त्यसो नभएको दाबी गरे । तर प्रहरी स्रोतका अनुसार एसपी विस्टको सरुवा हुनुपर्ने र उनको अनुसन्धान सही ढंगबाट नभएको भन्दै आन्दोलन चर्किएपछि तत्कालका लागि एसएसपी खटाइएको हो ।

बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले एसएसपी चन्दलाई अनुसन्धान प्रभावकारी बनाउनका लागि पठाइएको बताए । उनले कन्चनपुरका एसपी विस्ट त्यहीँ यथावत रहने पनि जानकारी दिएका छन् ।

७ नं। प्रदेश प्रहरी कार्यालय अन्र्तगत दिपायलमा रहेका एसएसपी चन्दलाई बुधवार नै डीआईजी सुरज केसीले कञ्चनपुरको कमाण्ड सम्हाल्न निर्देशन दिएपछि महेन्द्रनगरका लागि हिँडेका छन् । उनले बिहीवारदेखि कमाण्ड सम्हाल्ने भएका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

मुस्लीमहरुबिच नै झडप दुई राउण्ड हवाई फायर

इदको नमाज कुन इमामले पढाउने विषयमा महोत्तरीको लोहरपट्टी ३ स्थित महदैया गाउँमा मुसलिम समुदायका छुट्टाछुट्टै समूहबीच झडप हुँदा २ महिला सहित दर्जन ब्यक्ति घाइते छन् । घाईतेलाई उपचारको लागि प्रहरी सहयोगमा जनकपुर पठाईएको छ ।

धार्मिक स्थलमै झडप सुरु भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । दंगा भडकाएको आरोपमा प्रहरीले अहिलेसम्म ३ जनालाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी भईरहेको उहाँले बताउनुभयो । हवाई फायर पछि भीड तितरवितर भए पनि महदैयाको स्थिति अहिले पनि तनावपूर्ण छ ।

सम्भावित झडपको आशंकाले सर्वसाधारण त्रासमा छन् । स्थिति बिग्रन नदिन अहिले महदैयामा शस्त्र र नेपाल प्रहरीका इन्सपेक्टरको कमाण्डमा थप बल खटाईएको छ । जनकपुर गणबाट गएको दंगा प्रहरीले घटनास्थलमा गस्ति परिचालन गरेको छ । झडप सुरु भएको इदगाहलाई सुरक्षा निगरानीमा राखेको डीएसपी खड्काले जानकारी दिनुभयो । ‘जलेश्वर र जनकपुरबाट थप बल परिचालन गरेपछि अहिले स्थिति मत्थर हुँदै गएको छ’ डिएसपी खड्काले भन्नुभयो । अपराह्न देखि प्रहरीले धरपकड पनि सुरु गरेको छ । धार्मिक स्थलमा दंगा भडकाएको आरोपमा अजिज कवाडी, इसराफिल कवाडी र सौकत अलिलाई प्रहरीले नियंत्रणमा लिएको जनाएको छ । पहिचानमा आएका अन्यको खोजी भईरहेको खड्काले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार बकर ईदको समयमा अगिल्ला वर्ष पनि त्यहाँ कसले नमाज पढने विषयलाई नै लिएर झै झगडा हुने गरेको थियो । सानातिना झडप पनि भएका थिए । यो पटक विवाद हुन नपाओस भनेर दुवै पक्षलाई लोहरपट्टीको प्रहरी कार्यालयमा भेला गराएर झगडा नगर्ने लिखित सहमति गराइएको उहाँले बताउनुभयो । ‘सहमति विपरीत बिहानबाटै विवाद भयो’ ढकालले भन्नुभयो, ‘स्थिति नियन्त्रणमा आईसकेपछि सबै पक्ष राखेर सहमति र समाधानको प्रयासमा जुटेका छौं ।’ स्थानीयकाअनुसार महदैयामा एक भारतीय सहित ३ जना इमाम छन् ।

यसमध्ये ईदको नमाज सदरे आलमलाई पढन दिने भनेर सबै पक्षबीच सोमबार नै सहमति भएको थियो । ‘आन्य इमामको बारेमा १६ भदौमा छलफल गरी टुङ्गो लगाउने भनि लिखित रुपमा सबै पक्षले सहि छाप लगाएरै सहमति गरेका हुन’ लोहरीपट्टी इलाका प्रहरीका सई गौरीशंशर साहले भन्नुभयो । प्रत्यक्षदर्शीकाअनुसार प्रहरीको रोहवरमा भएको सहमतिका कारण विवाद समाधान भएको ठानेर सबै ढुक्क र खुसी थिए । इदगाहमा बिहानैदेखि भक्तजनको भीड जम्मा भई सकेको थियो । सहमति अनुसार इमाम सदरे आलम पनि निर्धारित समयमा इदगाह पुगे ।

नमाज बाचन गर्न माइक समाए । त्यही बेलामा विपक्षी हारुल र इजराईल गएर इमामको हातबाट माईक खोस्न थाले । लुछाचुडि हुन थाल्यो । ‘त्यसपछि झडप, ढुङ्गामुढा, हात हालाहाल, रोइकराई र भागदौड सुरु भयो’ लोहरपट्टी सई ओमप्रकाशले घटनाबारे भने ‘स्थिति काबुबाहिर जान थालेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नु परेको हो ।’ समाचार कान्तिपुरमा छ ।

राष्ट्रिय फुटवल टिमको मुख्य प्रशिक्षकमा अब बालगोपाल

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट हटाएको छ।

मंगलबार बसेको एन्फाको बैठकले जापानी नागरिक कोजीलाई हटाएर उनको स्थानमा बालगोपाल मर्हजनलाई जिम्मेवारी दिएको हो। श्रम स्वीकृतिबिनै सन् २०१६ देखि प्रशिक्षकको रुपमा काम गर्दै आएका कोजीलाई अध्यागमन विभागले हालै नेपाल प्रवेशमा रोक लगाएको थियो। तर, एन्फाले कोजीलाई इन्डोनेसियामा भएको एसियाली खेलकुद ९एसियाड० को प्रशिक्षक बनाएर टोलीको तयारीका लागि थाइल्यान्ड हुँदै इन्डोनेसिया लगेको थियो।

कोजीलाई अध्यागमन विभागले नेपाल प्रवेशमा रोक लगाएपछि एन्फाले बंगलादेशमा आयोजना हुने आसन्न साफ च्याम्पियनसिप फुटबललाई मध्यनजर गरी बालगोपाललाई प्रशिक्षक बनाएको हो। ‘कोजीको नेपाल प्रवेशमा भिषा समस्या भएका कारण उनलाई प्रशिक्षको जिम्मेवारीबाट अलग गरिएको हो।

साफ च्याम्पियनसिपको तयारीसहित प्रतियोगिताका लागि हामीले सहायक प्रशिक्षक बालगोपाललाई कार्यवाहक प्रशिक्षक बनाउने निर्णय गरेका हौं,’ एन्फाका प्रवक्ता किरन राईले भने।

एसियाडमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। एसियाडमा समूह नेपालले समूह डी बाट प्रतिस्पर्धा गरेको थियो। नेपाल समूहको पहिलो खेलमा जापानसँग १–०, दोस्रो खेलमा भियतनामसँग २–० र तेस्रो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो।

एन्फाले कोजीलई राष्ट्रिय फुटबल टोली समाल्न २०७२ फागुनमा दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। एन्फाले गत फागुनमा मात्र कोजीसँग साफ च्यानम्पियनसिप जिताउने गरी उनको नविकरण समेत गरेको थियो।

कोजीको नयाँ अनुबन्धन आगामी नोभेम्बरसम्म थियो। तर, पर्यटक भिषामा नेपालमा बस्दै आएको र श्रम स्वीकृति बिना नेपालमा काम गर्दै आएको देखिएपछि अध्यागमन विभागले दुई साताअघि मात्र कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो।

कोजीलाई श्रम स्वीकृति नगराइनुमा एन्फाको ठूलो कमजोरी थियो। कोजीको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।

मस्तिस्क मृत्युः अंग प्रत्यारोपण सम्भव

मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण सम्बन्धी कानुन बनेको दुई वर्षमा दुई जनामा मात्रै त्यस्तो अंग प्रत्यारोपण गरिएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक मृत व्यक्तिको दुईवटा मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो। जबकी राजधानीमा बर्सेनि एक हजारभन्दा बढी व्यक्तिको मस्तिष्क मृत्यु हुने गरेको तथ्यांक छ।

तिनै व्यक्तिबाट लिइएको कलेजोलाई भने उपयोग गर्न नसकिएको केन्द्रका निर्देशक डा।पुकारचन्द्र श्रेष्ठले बताए।

‘हामीकहाँ कलेजो प्रत्यारोपणका लागि लाइनमा रहेका व्यक्तिले मरेको व्यक्तिको कलेजो लिन नमान्दा प्रत्यारोपण गर्न सकिएन,’ केन्द्रद्वारा आयोजित मस्तिष्क मृत्यु र अंगदानसम्बन्धी अन्तरक्रियामा डा। श्रेष्ठले भने।

केन्द्रले मस्तिष्क मृत्यु भएको जानकारीबारे १६ वटा टेलिफोन कल आए पनि एक जनाका आफन्त मात्रै अंग दान गर्न तयार भएका थिए। गत वैशाख ३० गते तिनै व्यक्तिको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो।

राजधानीका अस्पतालमा मस्तिष्क मृत्यु भएकाको मिर्गौला, कलेजोलगायत अंग आवश्यकता भएकामा प्रत्यारोपण गर्न २४ घण्टा तम्तयार रहे पनि जनचेतना अभावमा सफलता प्राप्त नभएको गुनासो विशेषज्ञले गरेका छन्।

जीवित १० हजार व्यक्तिबाट प्रत्यारोपणका लागि मिर्गौला लिँदा एक जनाको ज्यान जान सक्ने जोखिम हुन्छ। यस्तै जीवित व्यक्तिबाट कलेजो लिँदा दातालाई समेत बढी जोखिम हुन्छ।

एक जना मस्तिष्क मृत्यु भएका दाताबाट अंग लिएर आठ जनाको ज्यान जोगाउन सकिने डा। श्रेष्ठले बताए। ‘मस्तिष्क मृत्यु भएकाहरूबाट अंग दानमा लिएर आवश्यक भएकामा प्रत्यारोपण गर्न हामी २४ सै घण्टा तम्तयार छौं,’ उनले भने।

त्यस्ता व्यक्तिबाट निकालिएको मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङक्रियाज ८ देखि १० घण्टाभित्र र मुटुरफोक्सो ४ देखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने उनले जानकारी दिए।

‘समाजमा अंग दान दिने भावना जाग्नुपर्छ,’ वरिष्ठ स्नायु शल्य चिकित्सक डा।वसन्त पन्तले भने, ‘मस्तिष्क मृत्यु भएका व्यक्तिमा पुनस् ज्यान कहिल्यै पनि फर्कंदैन।’

मुटु नरोकिएसम्म जीवित मानिने अवस्था भएको हाम्रोजस्तो मुलुकमा पढेलेखेका वर्गमा समेत मस्तिष्क मृत्युपछि अंग दान गर्नेबारे नकारात्मक धारणा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा।प्रकाश रेग्मीले बताए। समाचार कान्तिपुरमा छ ।

प्रदेश सरकारले विदा दिएपनि संघिय सरकारले पालना गरेन

प्रदेश २ मा प्रदेश सरकारले बुधबार मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेशको विदामा प्रदेश मातहतका सातवटा मन्त्रालय र कार्यालयहरुको कामकाज सञ्चालन भएन, संघीय कार्यालयहरुमा भने कामकाज सुचारु रह्यो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा पनि बुधबार कामकाज सुचारु थियो । सेवाग्राहीलले प्रदेश सरकारको विदा थाहा पाएपछि सेवा लिन आउनेको संख्या निकै कम थियो । तर कर्मचारीहरु भने अन्य दिनजस्तै सेवा दिन कार्यालयमा हाजिर थिए ।

‘हामी संघीय सरकारका कर्मचारी हौ’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दीपककुमार कर्णले भने, ‘प्रदेश सरकारको विदाबो गृहमन्त्रालयलाई जानकारी गरायौं’, कर्णले भने, ‘त, त्यहाँबाट कार्यालय खुला राखेर कामकाज सुचारु राख्न निर्देशन आएपछि प्रदेश सरकारको विदाको दिन पनि काम गरिरहेका छौँ ।’

प्रदेश सरकारको विदाको दिन पनि संघीय सरकार मातहतका कार्यालयहरु, अदालत, बैंक तथा वित्तिय संस्थाहरु, संघीय प्रहरी इकाइ कार्यालयमा कामकाज सूचारु रह्यो ।

प्रदेश सरकारले विदा दिँदा पनि संघीय सरकारले कार्यान्वयनका लागि मातहत कार्यालयमा परिपत्र नगर्दा संघ र प्रदेशबीच तिक्तता ल्याउने काम गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

‘हामीले संघीय सरकारका गृहमन्त्रालयलाई प्रदेश सरकारको सार्वजनिक विदा कार्यान्वयनका लागि परिपत्र गरेपनि संघीय सरकारले कुनै चासो देखाएको छैन’, उनले भने । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले बकर ईदको विदा दिने निर्णय गरेको थियो ।

प्रदेश राजपत्रमा २०७५ सालमा १० दिन सार्वजनिक विदा प्रदेशमा बढाइएको छ । वैशाख ११ गते जानकी नवमी पर्व, भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमा, छठ पर्वको अवसरमा कात्तिक २७ र २८ गते दुई दिन, रामजानकी विवाह पञ्चमीको दिन मंसिर २६ गते, माघ ५ गते मधेस आन्दोलनको स्मृति दिवस विदा, फागू पूर्णिमाको अवसरमा चैत ७ र ८ गते तथा रामनवमीको अवसरमा चैत ३० गते विदा दिने निर्णय गरेको हो ।

त्यसैगरी पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा १ दिने विदा दिने प्रदेश सरकारको निर्णय छ । तर, बकरईदको अवसरमा विदा दिने बारे राजपत्रमा उल्लेखित नभएपनि मन्त्रीपरिषदको बैठकमा प्रस्ताव ल्याएर पारित गरिएको हो । समाचार अन्नपूर्ण पोष्टमा छ ।

पोखरामा अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण सुरु

राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुधवार भवनको शिलान्यास गर्दै तोकिएकै समयमा विमानस्थल बन्ने बताउनुभयो । चिनियाँ निर्माण कम्पनी सीएएमसी ईन्जिनियरिङले तालिका अनुसारनै टर्मिनल भवन बनाउन लागेको हो । अबको एक महिनापछि रनवेको काम पनि शुरु हुनेछ । १४ हजार वर्गमिटरको टर्मिनल भवन २०२० को जुलाई सम्ममा निर्माण सकिने लक्ष्य छ ।

विमानस्थल दैनिक १२ घण्टा सञ्चालन भए वार्षिक ५ लाख यात्रुले यात्रा गर्न सक्नेछन् । तर चौबिसै घण्टा विमानस्थल सञ्चालनमा ल्याए दोब्बर यात्रीले सेवा लिनेछन । मन्त्री अधिकारीले विमानस्थल निर्माणको काम तोकिएकै मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण हुने बताउनुभयो । लगत्तै सञ्चालनमा ल्याउने पनि उहाँको भनाई थियो । विमानस्थलमा १ सय ९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाज अवतरण र उडान हुने उहाँले बताउनुभयो । उहाँकाअनुसार पोखराको भूगोलको अवस्थाले रनवे जति बढाए पनि ठूला जहाज आउन सक्दैनन । । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पोखराबाट बेईजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सीधा उडान हुने बताउनुभयो ।

विमानस्थलसंगै भन्सार, क्वारेन्टाईन जस्ता आवश्यक १५ वटा संरचनाको डिजाईन र निर्माणको काम पनि अघि बढेको उहाँले बताउनुभयो । चीनको एक्जिम बैंकको करीब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल निर्माण भइरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढेको हो । शिलान्यास भएको साढे १६ महिना पछि अघिल्लो साउन १८ मा विमानस्थल निर्माणको काम शुरु भएको थियो । १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । २०१७ मे ३१ मा ऋण प्रभावकारी ९लोन ईफेक्टिभ० भएको थियो । सम्झौताको कार्यादेश अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ ।

ऋण रकममध्ये ७५ प्रतिशत् एक्जिम बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत् चीन सरकारको निब्र्याजी ऋण हो । इपीसी ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन० मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेशनको मापदण्ड अनुसार ‘४ डी’ विमानस्थल बन्न लागेको हो । विमानस्थलको धावन मार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी बेलगायत पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले २०७१ बैशाख २९ मा ठेक्का पाएको थियो । काम शुरु भएको चार वर्षभित्र ९निर्धारित समयमा० निर्माण पूरा नगरे कम्पनीले नेपाल सरकारलाई क्षतिपूर्ति दिनुपर्ने सम्झौतामा छ ।

विमानस्थलका लागि सरकारले २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ५ सय २१ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । थप जग्गा अधिग्रहण हुँदैन यसैबीच मन्त्री अधिकारीले विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने बताउनु भएको छ । हालकै विमानस्थलको जग्गाबाट व्यवस्थापन गर्ने भन्दै सर्वसाधारणको जग्गा अधिग्रहणको योजना नरहेको उहाँले बताउनुभयो । ईन्धन भण्डारण र निजी कम्पनीका विमान राख्ने ह्यांगर बनाउन थप जग्गा अधिग्रहण गर्न लागिएकोमा स्थानीय आन्दोलित बनेका थिए । ‘विमानस्थलका लागि अव जग्गा चाहिँदैन ।

कुनै सामान्य संरचना ९कम्पोनेन्ट० का लागि जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरीद हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर अहिल्यै त्यस्तो कुनै योजना छैन । अन्यौल र भ्रममा नपरौं ।’ समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार