भदौ ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल, भगवान श्रीपशुपतिनाथले सबैको रक्षा गरुन


-रामप्रसाद सिटौला

मेष बोलीको प्रभावले अधुरा कार्यहरू पूरा हुनेछन् । व्यवहारिक विषयमा खर्च बढ्न सक्छ । साझेदारीमा व्यवसाय सञ्चालन गरिने योग देखिन्छ । विलासिताका सामग्री बिनामोलतोल खरिद नगर्नुहोला । शुभकार्य तथा सामाजिक कार्य दुवैमा धनखर्च गर्नुपर्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधानी अपनाउनुहोला । बिहीबारपछि स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।

वृष पैतृक धन लगानी गरी अन्य मुलुकमा व्यवसाय सञ्चालन गर्ने कुरामा पारिवारीक मत मिल्नेछ । तपाईंको परोपकारी तथा इमान्दार स्वभावको फाइदा लिन अनेक खालका स्वार्थपरस्त व्यक्तिले घेरा हाल्ने सम्भावना छ । सेवामूलक कार्यमा समय खर्चनुपर्ने हुनसक्छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

मिथुन कृषिजन्य व्यापार–व्यवसाय गर्न सके आम्दानीको मार्ग फराकिलो हुनेछ । धार्मिक गतिविधि तथा भ्रमणमा स–परिवार सहभागी भइनेछ । घरायसी सामग्री जोहो गर्न तथा पाहुनाहरूलाई बिदाइ गर्न समय खर्चनुपर्ने हुन्छ । साताको अन्त्यमा रोकिएका कार्यहरू स्वत: फुकुवा हुनेछन् ।

कर्कट पराक्रम बढ्नुका साथै काममा सोचेजस्तै सफलता हात पर्नेछ । विभिन्न किसिमका प्रतिस्पर्धामा सहभागी भै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थमा असहजता महसुस हुन सक्छ । शारीरिक थकावट तथा कमजोरी भए जुस, फलफूल आदि सेवन गर्नुहोला । हितैषीहरूले करियर बनाउने सुझाव दिँदा निर्णय लिन विलम्ब नगर्नुहोला ।

सिंह मतान्तरणका बाबजुद परिवारले तपाईंको भावनाको समर्थन गर्नेछ । पहेंला धातु तथा भौतिक सामग्री खरिद गर्न अग्रसर भइनेछ । शु्भचिन्तकहरूले विभिन्न जिम्मेवारी सुम्पनेछन । रातो रंगको प्रयोगले कार्यव्यस्ततालाई सहज बनाउनेछ । मंगलबार तथा बुधबार महत्वपुर्ण कार्य सम्पन्न हुनेछन् ।

कन्या पदीय जिम्मेवारीले थप मेहनत तथा समयको अपेक्षा गरेको अवस्था छ । पुराना साथीहरूसँगको जमघटले ओझेलमा परेको सहयोगी भावना पुन: मधुरतामा परिणत होला । इष्टमित्रहरूबाट महत्वपुर्ण सहयोग एवं सुझाव प्राप्त हुनेछ । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक छ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले भ्रमणको प्रस्ताव राख्न सक्छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला ।

तुला उन्नति गर्ने तथा परिवर्तनकारी सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव दिँदै विभिन्न जिम्मेवार दिलाउनेछन् । कारोबारमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला । साताको अन्त्यमा शिक्षा क्षेत्रमा लगनी गर्ने प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट विशेष फाइदा मिल्नेछ ।

वृश्चिक परिणममुखी कार्य सम्पन्न गर्न अझै केही समय कुर्नुपर्ने हुन सक्छ । हितैषीहरूको नौलो प्रस्ताव सुनेर मन दोहोरो मनस्थितिमा पुग्नेछ । समयमै होस पुर्‍याउँदा दुवै जनाको कल्याण हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । इँटा रंगको प्रयोग फाइदाजनक होला ।

धनु आफ्नै जुक्ति–बुद्धिले नयाँ कार्य सम्पन्न गरिनेछ । व्यवसायिक योजना तर्जुमा गर्ने क्रममा विदेशीहरूसँग झलाकुसारी हँुदा थप सल्लाह सुझाव पाइनेछ । सवारी साधन तथा वैज्ञानिक उपकरण खरिद हुने सम्भावना छ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा ध्यान पुर्‍याउनुहोला ।

मकर संयम तथा धैर्य नै समस्याको उपयुक्त ओखती सावित होला । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । सामाजिक कार्यको नेतृत्व गर्दा अपजस आइलाग्न सक्छ । बोलीको मधुरता कायम गर्न सके बिग्रिसककेका कार्य पुन: उचाइमा पुग्नेछन् ।

कुम्भ विद्यार्थी वर्गले अध्ययनका निम्ति एकाग्रतामा जोड दिनुमै कल्याण छ । विपक्षीहरू प्रतिष्ठामा ठेस लगाउन लागिपरेको अवस्था छ । सूर्यको आराधना गर्न सके सहजता महसुस गर्न सकिनेछ । सहयोगीहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा पुग्नेछ ।

मीन व्यवसायले फड्को मार्दा अरूले डाहा गर्न सक्छन् । तपाईंले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । आफ्नो प्रयास दोहोर्‍याउन सके अवसरहरू हातबाट फुत्कनेछैनन् । विदेश भ्रमणको अवसर सिर्जना होला ।साताको अन्त्यमा स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुनसक्छ । सवारी साधन चलाउँदा संयमित रहनुपर्नेछ । – साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार