बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु, ५ जना बेपत्ता


पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

बजगाइँकाे लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेल, कमलराज कडेंलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार