मुख्यमन्त्रीसँग रिसाए प्रधानमन्त्री, प्रदेश परिषद् अनिश्चित

राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएर लेखेका छन् । प्रदेश मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रिसाएकोदेखि मुख्यमन्त्री, मन्त्रीलगायतले अभिभभावकत्व लिएका बालबालिका स्कुल जान छाडेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचारको रुप दिएर प्रकाशित गरेका छन् ।

अखबारहरुको पहिलो पृष्ठमै हिमाल छेकेर पोखराको लेकसाइडमा घर निर्माण गरिएको, भारतले एयर मार्सलको संख्या बढाउने भएको, तरुण दल नगरप्रमुखको गोली हानी हत्या भएको, नेपाली हुँदा हुँदै सरकारले विदेशीलाई खुरुखुरु श्रम स्वीकृति दिएकोलगायत खबर पनि छन् ।

भित्री पृष्ठमा कांग्रेसमा अहिलेदेखि नै नेतृत्वको दौड शुरु भएको, भूपूगोर्खाको पेन्सन रोकिएको, निसान छापको त्रुटि सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै बेवास्ता गरेको, उच्च तहका कर्मचारीका लागि काठमाडौं नै प्यारो भएकोलगायत समाचार छन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट

नयाँ पत्रिका, कान्तिपुरलगायत पत्रिकाले आज मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट बनेको समाचार लेखेका छन् । मुख्यमन्त्रीहरुले असन्तुष्टि लिखित रुपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित भएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाका अनुसार काठमाडौंमा आइपुगेका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भेटसमेत पाएका छैनन् ।

‘केन्द्रसँगको असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरु गत बिहीबार पोखरामा भेला भएका थिए’, नयाँ पत्रिकाले लेखेको छ, ‘प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा राखेको भन्दै उनीहरुले संघीयता प्रारम्भमै संकटमा पर्न लागेको चिन्ता व्यक्त गरेका थिए । खासगरी कानून बनाउन केन्द्रले ढिलासुस्ती गरेको मात्र होइन, कर्मचारी समायोजनमा समेत बेवास्ता गरेको उनीहरुको गुनासो थियो ।’

कान्तिपरले केन्द्र सरकार र प्रदेशबीचका असमझदारी निरूपण गर्ने थलोका रूपमा संविधानले व्यवस्था गरेको अन्तर प्रदेश परिषद् अनिश्चित बनेको लेखेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार