गजल – देखिन्न कतै

– बद्री बाबु पोखरेल

 

जता ततै अन्धकार,घाम देखिन्न कतै
बसन्तको हरियाली,आयाम देखिन्न कतै

धर्म प्रती आस्था पनि,हरायो मेरो देशमा
मन्दिरमा राधाकृष्ण, राम देखिन्न कतै

फोहोरै फोहर छ,भौतिकताको शहरमा
सफा सुघर शान्त ,गाम देखिन्न कतै

सधैंको एउटा एउटा द्वन्द भित्र फस्यो देश
समुन्नती बिकासको ,काम देखिन्न कतै !!

बन्द हड्ताल ढुङ्गा मुडा,सधैं किन एस्तो
अरु देशमा कैले चक्का ,जाम देखिन्न कतै

– बद्री बाबु पोखरेल
घिरीङ् -१ तनहुँ
हाल -पोर्तुगल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार