द भ्वाइस अफ नेपालको ब्याटल अडिसनमा आउट हुने पहिलो प्रतिस्पर्धी हुनुपर्यो सन्तोष घले । चारजना कोचका दुई–दुई जना प्रतिस्पर्धी गरेर ८ जनाबीचमा चलेको पहिलो प्रतिस्पर्धामा सन्तोष र जनक ताम्राकार दुई जना प्रतिस्पर्धी निरास भएर मञ्च छाड्नु पर्यो । जनकले छाड्दा भन्दा सन्तोषले मञ्च छाड्दाको क्षण निकै पीडादायी बन्यो ।
सन्तोषको वहिर्गमन उनकै कोच अभयाका लागि धरधर रूवाउने क्षण बन्यो । त्यसो त अर्का कोच प्रमोद खरेलका पनि आँखा रासाएका थिए । अडियन्स र त्यहाँ उपस्थित सन्तोषका परिवार एवं आफन्तबीच भावुक माहोल बन्यो ।
सन्तोष र जनक जस्तै आफ्नै कोचबाट छनोटमा नपरेका बाँकी दुईजना प्रतिस्पर्धीले भने थप एक मौका पाएका छन् । स्टिल ब्रजर दबाएर अभया र दीप श्रेष्ठले आउट भैसकेका दुईजनालाई आफ्नो टिममा चोरेका छन् । द भ्वाइसमा एउटा नियम छ स्टिल ब्रजर दबाएर अर्को कोचबाट बहिरगमनमा परेका प्रतिस्पर्धीलाई बाँकी तीनजना कोचले आफ्नो टिममा भित्र्याउन सक्ने । त्यही भाग्य जुर्यो रित मगरलाई, जसले अभया जज पाइन् भने अर्की सुरेक्क्षा ठकुरीले पाइन कोच दीप श्रेष्ठको सरप्राइज स्टिल ब्रजर र आउट हुँदाहुँदै बचिन । उनका आँखा रसाउँदा उता उनका कोच प्रमोदका पनि आँखा रसाएका थिए ।
ब्लाईन्ड अडिसन सकिएसँगै शनिबार रातिबाट ब्याटल राउन्ड सुरु भएको छ । आइतबार दोस्रो राउन्ड पनि सम्पन्न भएको छ । आइतबार भएको ब्याटलको लागि तल राखिएको भिडियो सक्नुहुने छ । निकै नै गारो भएको थियो देस्रो राउण्डमा पनि टिम अभयलाई तर अभयको तेस दुखलाई सोनुपले आफ्नो टिममा ल्याएको छ ।
देस्रो राउण्डको भिडियो