लगानी ल्याउन मुख्यमन्त्रीको पहल यस्तो
चीन भ्रमणबाट फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विभिन्न क्षेत्रमा लगानी भित्राउने वातावरण बनेको दावी गरेका छन् । चीनको हाईनान प्रान्तको गभर्नरको निमन्त्रणमा ५ दिने भ्रमण सकी उनी मंगलबार पोखरा फर्किएका हुन् ।
उनले प्रदेशका प्राथमिकताका क्षेत्रहरु पर्यटन, कृषि, उर्जा, पूर्वाधार र उद्योग रहेको जानकारी गराउँदै लगानीका लागि आग्रह गरिएको बताए । ‘भ्रमण गर्नसाथ के ल्यायो भन्ने हाम्रो परम्परा छ,’ पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर तत्काल केही मागिन । लगानीको वातावरण हामी मिलाउँछौ । लगानी गर्न आइदिनुस् भन्यौ ।’
उनले हाईनान प्रान्त र गण्डकी प्रदेशबीच मितेरी सम्बन्ध, पोखरा र हाईनान प्रान्तको राजधानी हाईकाओबीच भगिनी सम्बन्ध कायम गर्न लागिएको जनाए । साथै गण्डकी टेक्निकल ईन्स्टिच्युट स्थापनामा साझेदारी र हाईनान कलेज अफ भोकेशन एन्ड टेक्निक कलेजले नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिने विषयमा छलफल भएर एउटा मौखिक सहमति भएको उनले बताए । ‘नोभेम्बर ११ र १२ तारिखमा हाईनानबाट एउटा टीम पोखरा आउने र माथिका विषयमा सम्झौता हुनेछ,’ उनले भने, ‘भ्रमणका बेला यतिबेलै सम्झौता गरौ भन्ने कुरा आएको थियो । हाईनानका गभर्नर जिआमेन सिनलाई पोखरा भ्रमणको निम्तो दिएको र संभवत आउन सक्ने पनि उनले बताए ।
हाईनान सन् १९८८ मा बनेको प्रान्त रहेको र ३० वर्षमा आश्चर्यजनक प्रगति गरेको उनले बताए । भ्रमणबाट बिकास आफैले गर्नुपर्छ भन्ने सिकेको उनको भनाई थियो । ‘हाईनान हाम्रो कर्णाली क्षेत्र सरह रहेछ,’ उनले भने, ‘दृढता, परिस्थिति अनुसार आफ्नो बिकास आफै गर्ने हो भन्ने सिकेर आईयो ।’ चीनले समुद्रलाई पहाडसंग जोड्ने योजना बनाईरहको प्रसंग उल्लेख गर्दै उनले चीनको समुद्र र गण्डकी प्रदेशको पहाडलाई जोड्नुपर्नेमा जोड दिएको उनले बताए ।
मुख्यमन्त्रीले हाईनान कलेज अफ भोकेशन एन्ड टेक्निक कलेजको भ्रमण गरी संचालक समितिसंग पनि आवस्यक छलफल गरेको बताए । गभर्नर सिनले उक्त कलेजमा नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिने कुरा गरेको उनले सुनाए । लगानीको क्षेत्रमा पर्यटन, उर्जा त्यसमा पनि सोलारमा बढी चासो देखाएका थिए चिनियाँहरुले । औषधी कारखाना खोल्ने विषयमा पनि उनीहरुको चासो रहेको गुरुङले सुनाए । अर्गानिक कृषिमा पनि चिनीयाहरु ईच्छुक भएकाले लगानी भित्रिने संभावना बढेको उनले बताए ।
आफ्नो विशेषता र हावापानी अनुसार धरातलीय यथार्थमा रहेको बिकास गरेमा त्यो दिगो र गुण्स्तरीय हुने उनले बताए । मागेर खान हुदैन । आफै काम गरी आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा पनि भ्रमणबाट सिकेको उनले सुनाए । उक्त अवसरमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे छलफल भएको छ । समाचार कान्तिपुरमा छ ।
सुदुर पश्चिममा किन जलाईए पत्रिकाहरु ?
प्रदेशको स्थायी राजधानीका बारेमा समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा अन्नपूर्ण पोस्ट् दैनिक जलाइएको छ। कोहलपुरस्थित प्रेसबाट सुदूरपश्चिम प्रदेशका लागि आएको पत्रिका अत्तरियामा ९र१० जनाको समूहमा आएका युवाहरुले जलाएका हुन् । अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।
उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।
गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । अन्नपूर्ण पोस्ट्ले उक्त आन्दोलनको समाचार सम्प्रेषण गरेको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले बताएका छन् ।
अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए । समाचार अन्नपूर्ण पोष्टमा छ ।
वलत्कार मुद्धामा चिकित्सको राय बाझिए पछि बबाल
१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।
धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको छ ।
जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा।विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ तर, जिल्ला अस्पतालका डा। राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ अञ्चल अस्पतालका चिकित्सकद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिन समेत ढिलाइ गरेको प्रहरी स्रोतले बतायो ९ भदौमा परीक्षण गरेका चिकित्सकले एघार दिनपछि २० भदौमा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएका थिए ।
यो प्रतिवेदनप्रति अविश्वास गर्दै घटना भएको १६ दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिएको थियो डा।सिंहले गरेको स्वास्थ्य परीक्षणमा बलात्कृत भएको उल्लेख छ दुवै स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको उचाई र तौल समेत फरक फरक उल्लेख छ ।
अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा।कुलदिप पण्डितले स्वास्थ्य परीक्षण गर्दा जे पाइयो त्यहीं प्रतिवेदन दिएको बताए चिकित्सकको प्रतिवेदन फरक फरक पर्दा कसलाई विश्वानीय मान्ने प्रहरी समेत अन्यौलमा परेको थियो ।
अनुसन्धान कार्य नै प्रभावित हुने गरी प्रतिवेदन आएपछि धनुषा प्रहरीले अञ्चल अस्पतालका चिकित्सकले अनुसन्धान कार्यलाई प्रभावित हुनेगरी रिपोर्ट दिएको भनी जिल्ला प्रहरी कार्यालयले धनुषाले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा।मुक्तिराम श्रेष्ठले घटनाबारे जानकारी नभएको बताए कुन अवस्थामा कसरी स्वास्थ्य परीक्षण गरिएको थियो सोही अनुरुप प्रतिवेदनमा फरक पर्ने संभावना रहने उनले बताए ।
मुलुकी अपराध संहिता, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन ० ऐन, २०७४ अनुसार स्वास्थ्य परीक्षण गर्दा झुट्टा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्य भन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिनु हुँदैन गलत प्रतिवेदन दिने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।