पश्चिम दाङ शोकमा – दुर्घटनामा एकै परिवारका तीन र अन्य छजना को मृत्यु

-गोपाल शर्मा

तुलसीपुर : दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको हायस दुर्घटना हुँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ।

शनिबार तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैया ठुटे जंगलमा दुर्घटना भएको हो।

हायस र ट्रक ठोक्किदा भएको गम्भीर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको हो। मुत्यु मध्ये पाँचजना दाङ जिल्लाकै रहेका छन्। एक जना सल्यानका हुन्।

दुर्घटानामा पाँचजनाको मुत्यु भएपछि पश्चिम दाङ शोकमा डुबेको छ। दसैंको किनमेलका र उपचारका लागि नेपालजञ्ज जान लागेका यात्रुको मृत्यु भएको हो। अगैयाको जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७७२९ को ट्रक र हायस ठोकिएका थिए।

४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइसले अगैयाको ठुटे जंगलमा बसलाई ओभरटेक गर्दा विपरित दिशाबाट आएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।

तिब्र गतिको हायसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको घाइतेले बताएका छन्। गाडीमा ओभरलोड रहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परि हाइस चालक तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुरका ३३ वर्षीय बलराम चौधरी, शान्तिनगर गाउँपालिका ७ धनौरीका २७ वर्षीय तुलसीराम रावत, ५१ वर्षीया मुना रावत, तुलसीपुर ८ का २७ वर्षीया वसन्ती चौधरी, शारदा नगरपालिका ५ सल्यानका २९ वर्षीया द्रोर्णा बुढाथोकी र तुलसीपुर ५ का ५० वर्षीया नारायण श्रीस मगर रहेको तुलसीपुर टेक्सी तथा मिनीबस, बस व्यवसायी समितिका अध्यक्ष पवनकुमार बुढाथोकीले जानकारी दिए।

एकै परिवारका तीनको मृत्यु

मृत्यु हुनेमा एकै परिवारका तीनजना छन्। शान्तिनगर गाउँपालिका ७ की ५१ वर्षीया आमा मुना रावत, उनका २७ वर्षीय छोरा तुलसीराम रावत र मुनाकी देवरकी छोरी ३२ वर्षीया द्रोर्णा बुढाथोकी एकै परिवारका हुन्।

बुढाथोकीको बिहे सल्यानको शारदा नगरपालिका भएको थियो। उनी लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका ८ दोघरेमा बस्दै आएको आफन्तले बताएका छन्। परिवारका केही सदस्य समेत घाइते भएका छन्। उनीहरु सपरिवार उपचारका लागि नेपालगञ्ज जाँदै थिए।

१५ घाइतेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बाँके प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार