बाँके। नेपालगञ्जमा कपडा पसलको आडमा ब्राउनसुगरको ‘डिलर’ नै सञ्चालन गरेको खुलासा भएको छ ।
न्यूरोडमा रहेको सत्यम फैन्सी बस्त्रालयका सञ्चालक अरुण जयसवाल ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका हुन् । ठूलो कपडा पसल सञ्चालन गरेका जयसवालले ब्राउनसुगरको धन्दा गर्ने कुरा प्रहरीलाई विशेष सुराक आएको थियो । प्रहरीले रंगेहात समात्ने मौका कुरेर बसेको स्रोतले बतायो ।
ब्राउनसुगरको कारोबार गरिरहेको थाहा पाएपछि बुधबार छापा मारेको प्रहरीले जनाएको छ । दश हजारको ब्राउनसुगर बेच्न ठिक्क परेका जयसवालको पसलमा खानतलासी गर्दा २३ ग्राम चार सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
बुधबार नै जमुनाहा नाकाबाट प्रहरीले फरक फरक व्यक्तिबाट सात ग्राम ब्राउनसुगर बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट आएका व्यक्तिलाई खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।