काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरूको परिचय प्राप्त भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी सुशिलसिंह राठौडका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा जम्मा ७ जना घाइते भएका थिए ।
बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ ।