यस्तो छ दशैँको टीकाको साइत

यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार