यो कथा हो गुमीको ढोेडेनीमा जनसंयुक्त प्राविको, बिद्यार्थी नअाएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र राना मगर शिक्षकको रुपमा आइपुगे अनि उक्त बिद्यालयको स्वरूप नै यसरी परिवर्तन गराएकी सबै चकित भए त्यो पनि विगत पाँच बर्षदेखी विना तलव, सुविधा काम गर्दै आएका एक शिक्षकको कथा जसले डुब्नै लागेको स्कुललाई आफ्नो मिहनेतले उचाईंमा पुर्याए ।
अविवाहित गजेन्द्र अहिलेसम्म कुनै तलव सुविधा पाएका छैनन्, तर पनि निस्वार्थ इमान्दारिताका साथ् विद्यालयमा विद्यार्थीहरुमा आफ्ना ज्ञान बाँडीरहेका छन्।
उनि भन्छन, साथीहरु बाहिर गए मनग्ये पैसा कमाए, तर मलाई यो स्कुल र विद्यार्थीहरुको मायाले छोड्न दिएन। रोचक कुरा त के छ भने, शिक्षक भन्नेबित्तिकै विद्यार्थीहरु प्रायः डराउँछन् , तर यहाँ त्यस्तो वातावरण छैन। गजेन्द्र राना मगर एक त्यस्ता शिक्षक हुन् जसलाई बिद्यार्थीहरुले औधि मन पराउँछन्।
हेर्ने कथाको यो अंक देखि प्रिमियर शोको रुपमा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ । सँधै झैं राति ९ बजे हेर्ने कथाको यो अंक पनि हेर्न पाइन्छ । यसपटकदेखि भने तपाईंले टेलिभिजनमा प्रत्यक्ष हेरे झैं हेर्न कथा प्रिमियर हेर्न सक्नुहुन्छ । जसरी युट्युबमा तपाईं अरु लाइभ स्ट्रिमिङ भिडियोहरु हेर्नुहुन्छ ।
कार्यक्रम हेर्दा हेर्दै तपाईं मनमा लागेका कुरा लाइभ कमेन्टमार्फत व्यक्त गर्न सक्नुहुन्छ । लाइभ च्याटमा हेर्ने कथा टिम पनि सहभागी हुनेछ। कार्यक्रम सुरु हुनुभन्दा अगाडिदेखि नै लाइभ च्याटमा सहभागी हुन सकिन्छ । बेलुकी प्रसारण हुने कथाको प्रिमियर लिङक शुरु मै उपलब्ध हुन्छ ।प्रिमियर पेजमा नोटिफिकेसनकको आइकन (Set Reminder) थिच्नुभयो भने कार्यक्रम प्रसारण हुनु २ मिनेट अघि तपाईंलाई जानकारी आउनेछ ।
हेर्ने कथाका युट्युबमा राखिएका भिडियोहरुमा तपाईंले विज्ञापनहरु त बेला बेलामा देख्नु भएकै होला । अब तपाईंले लाईभ कमेन्टमा सहभागी हुँदा पनि आफ्नो कमेन्ट हाइलाइट गर्नको लागि सुपर च्याट खरिद गर्न सक्नुहुन्छ । हेर्ने कथाको अंक सक्किएपछि सँधै झैं उक्त अंक रहिरहनेछ । फुर्सदमा फेरि हेर्ने कथा हेर्न र हेराउन सक्नुहुन्छ ।