– सुरेश जोशी
मलाई परदेश प्रिय लाग्नै छोडेको बर्षौ भो
यहाँ मार्बलले कुदिएको भित्तामा टाङेको
देशको तस्बिरले मलाई गिज्याईरहन्छ
“देश फेरिदा पनी तस्बिर फेरिएको छैन ”
परदेशमा आई कोट फेरियो,नोट फेरियो
फेरिएन बस त्यही “भित्तामा टाङेको देशको तस्बिर”
कहिले काही लाग्छ
यहाँ जिन्दगी भित्र जिन्दगी नै खोज्न आएको हो
तर आखा अनायसै त्यही
“भित्तामा टाङेको देशको तस्बिर “मा पर्दा
सबै खोजको समाप्ती हुन्छ !