गजल

•प्रदिप थिङ तामाङ

गजल

खुशी धेरै भैदिदा जिवन, सम्हाल्न गार्हो हुन्छ
आशुँले भिजेको तिम्रो अधर,बदल्न गार्हो हुन्छ

मनमा डाँहा पलाउन थालेका छन धेरै अचेल
पन्छाई डांहा देखाई माया,अंगाल्न गार्हो हुन्छ

हुन्छ उज्यालो विना दियो तिमी खुशी भैदिए
बनिदिन्छ घाउ मुटू भित्र, खोतल्न गार्हो हुन्छ

कोमल फूलमा झुम्छन भमरा धेरै थरि थरिका
नरम मन त्यो नबनाउ कठोर,पगाल्न गार्हो हुन्छ

फेरिन्छ जहिल्यै दिन मुखले मात्र मेरो देशमा
पर्छौ कि जालमा मैनाझैं,सम्हाल्न गार्हो हुन्छ

यो माया हो कि इर्स्या पिडा बढ्छ हृदयमा
घुलेको छौ तिमी प्रदिपमा,छुटिन्न गार्हो हुन्छ

खुशी धेरै भैदिदा जिवन, सम्हाल्न गार्हो हुन्छ
आशुँले भिजेको तिम्रो अधर,बदल्न गार्हो हुन्छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार