विद्यार्थीबिनाका त्रिविका विभाग (कुन कुन विभाग छन् नाम सहित)

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै ।

कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।

त्रिवि मानविकी संकायअन्तर्गत स्नातकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् । संस्कृति, नेपाल भाषा, नेपाली, जनसंख्या, बौद्ध धर्म, हिन्दी र भूगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्यून छ । तर, न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ, न त ती विभाग खारेजीमै परेका छन् । यी विभाग विद्यार्थी अभावमा भएका प्राध्यापकलाई जागिर खुवाउने माध्यम मात्र बनेका छन् ।

मानविकी संकायअन्तर्गत संस्कृत विषयमा यस वर्ष जम्मा २२ जना विद्यार्थी भर्ना भएका छन् । हिन्दी भाषा विषय अध्ययन गर्न दुई जना विद्यार्थी भर्ना भएका छन् । यो तथ्यांक अघिल्लो वर्ष तीन थियो ।

बौद्ध दर्शन विषयमा यस वर्ष आठ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्ष नौ जना विद्यार्थी भर्ना भएका थिए । मानविकी संकायअन्तर्गतकै जनसंख्या विषयमा यस वर्ष जम्मा २० जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्ष ३२ जना भर्ना भएका थिए । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार