देव भनि मन्दिरमा पत्थर राखियो

–बिनिता कार्की

निर्जिव वस्तुमा यस्तो भर राखियो
देव भनि मन्दिरमा पत्थर राखियो

परदेश भाँसिन कहाँ सजिलो छ र
बन्धकीमा जवानी र घर राखियो

गाउँमा अझै सिटामोल पुगेको छैन
अस्पतालको योजनामा सहर राखियो

देश लुट्नेहरूलाई कडा सुरक्षा दिएर
आम नागरिकमाथि नजर राखियो

बिरामी आमालाई भेट्नसम्म गइएन
प्रियको भने दैनिक खबर राखियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार