प्रेमिल बर्षा

– सबी महर्जन

आज धेरैपछि उसंगको भेट जुरेको हुँदा अफिसबाट छिट्टै निस्किएँ। हतार हतार हामी भेट्ने गरेको क्याफेमा पुगेँ …चारैतिर आँखा डुलाएँ तर उसलाई कतै देखिनँ त्यसैले हामी बस्ने गरेको टेबलमा गएर बसें।

करिब आधा घण्टाको पर्खाइपछि ऊ आईपुग्यो …हतार हतार…. हल्का अत्तालिदै …मीठो मुस्कानको साथमा ।

‘ नीलो सर्ट र कालो पाइन्टमा उसलाई निकै सुहाको थियो उसलाई ।

‘हेर्नुहोस् न साथीलाई इमरजेन्सी परेर बाइक लिएर जानुभयो , बस चढेर आएको ढिला भयो sorry है ‘ …। उसो त कुर्नु पर्दा असाध्यै रीस उठ्थ्यो मलाई तर खै उसको त्यो innocents smile ले पग्लिसकेछु it’s ok म पनि भर्खरै आएको नि भनि ढाँटे….।

के खाने त मगाऔ न त भनि उसले मेनु हेर्नथाल्यो…उसले cold drink अनि मैंले hot lemon मगाएँ…भन्नलाई त तातो चिसो संगै खानुहुन्न भनेको सुनेकी थिएँ तर hot lemon संग cold drink पिउँदा असाध्यै मीठो लाग्यो ।

करीब एक घण्टापछी हामी निस्कियौ। बाहिर सिमसिमे पानी परिरहेको थियो।बिस्तारै हामी अघि बढ्यौं …अलिकति टाढा पुगेपछि पानीको मात्रा बढ्दै गयो तैपनि पानीमा भिज्दै अघि बढ्न निकै रमाइलो लागिरहेको थियो हामीलाई। म सुस्तरी उसको हात समाउन खोज्थेँ फेरी पछि हट्थे,सायद ऊ पनि मेरो जस्तै अवस्थामा थियो ।

काठमाडौंको बाटो ठाँऊ ठाऊँमा खाल्टाखुल्टी अनि त्यसमा पानी जमेर हिड्न अप्ठ्यारो पनि थियो।

अचानक एउटा बाइक हामीतिर बाट गयो खाल्टोमा जमेको पानीले उसको पाइन्टमा दाग लगाइदियो …, ऊ हल्का रिसाएको मात्रै थियो मैंले ‘ छाडिदिनुहोस् ड्राइभरको के दोष, बाटै यस्तो छ भनि कुरा घुमाएँ ।

उ शान्त भयो ..फेरी हामी गफ गर्दै अघिबढ्यौं। रमाइलो लागिरहेको थियो मलाई ।

यत्तिकैमा एउटा ट्याक्सी तुफान गतिले आयो र जमेको पानी पुरै मेरो शरीर हिलाम्य हुनेगरी छ्यापेर गयो । मलाई असाध्यै रीस उठ्यो …हात मुठ्ठी बन्यो अनि …अचानक पछाडीबाट उसको आवाज सुने …”छोड्नुस् ड्राइभरको के दोष, बाटो नै यस्तै छ त “…

मलाई लाज लाग्यो…अनि हामी दुबै जोड जोडसंग हाँस्न थाल्यौं।…

साँच्चै नै त्यो बर्षा निक्कै प्रेमिल थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार