पोर्तुगलमा सुकुम्बासीबस्ती बारे खास खुलासा ! हातमा बिदेशको रातो पासपोर्ट तर नेपालकै राजनीति किन ?

आजको कार्यक्रम सुरुवात गर्नु भन्दा अगाडि नै छात्ती फराकिलो बनाएर, ठुलो मनका साथ कोही कसैलाई पनि चित्त नदुखाई केहि कुरा भन्न मन लागेको छ। तपाई दर्शकहरुले नेपाल टक्सलाइ पोको पारेर पठाएको माया, प्रेरणा, प्रतिक्रिया र अझ भनौ धेरै बिस्वासको पोको नफुट्ने गरी , नाचुहिने गरी सप्रेमका साथ पोको फुकाउने जमर्को गरेको छु।

हाम्रा दर्शकहरुले पोर्तुगलमा नेपाली सुकुम्बासी बस्ती बारे भ्रम र यथार्थ केहो भनेर धेरै नै जिज्ञासा राख्नुभएको रहेछ।

#पोर्तुगलको कम्पोर्तामा भेटिएको जस्ताका टहराहरु, जहाँबाट आप्रवासीहरुलाई यहाँको सरकारले हटाएको थियो।

आजभन्दा ठ्याकै एक बर्ष अगाडी पोर्तुगलमा केही नेपालीहरु अन्य एसियन मुलका नागरिकसंग कम्पोर्ता क्षेत्रमा जस्ताका टहरा र छाप्राबनाइ बसेका समाचारहरु राष्ट्रिय टेलिभिजन र राष्ट्रिय दैनिकमा छ्यापछ्याप्ती भेटिएका थिए। त्यतिबेला नै हामीले यसको सत्य तथ्य बुझ्नका लागि यहाका सुरक्षा अधिकारीहरु सम्पर्क गरी जानकारी लिएका थियौ। सम्पर्क लगत्तै यहाको वातावरण मन्त्रालयले ब्रिजोस क्यार आरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा भएका टहराहरु हटाइ सकिएको र त्यहा भएका सबै आप्रबासिहरुलाइ पुनर्स्थापना गरिसकेको जानकारी लिएका थियौ। त्यति मात्र होइन, यहाको सुरक्षा अधिकारी र बाताबरण मन्त्रालयले ३० दिन भित्र सो क्षेत्र सरसफाई गरि बृक्षारोपन गर्ने समेत जनाएको थियो।

यिनै समाचार त्यतिबेला म आबद्द सस्था News 24 nepal TV र यहाको स्थानीय नेपाली मिडिया Voice of Nepal TV मा छापिएको थियो। यहि समाचारले पोर्चुगलमा त्यतिबेला कोकोहोलो मच्चियो। समाचार भाइरल बनेपछि एनआरएनएका तत्कालिन अध्यक्ष भिम कमल केसीले सो क्षेत्र बाट सेल्फी खिची कोहीपनि आप्रबासिहरु जस्ताको टहरा बनाइ नबसेको कुरालाई पोर्तिगिज सामान्य पत्रिकाले हाइलाइट गर्दैमा सत्य तथ्य नबुझी नेपालि मेडियाहरुमा हल्ला पिट्नु अस्वभाविक भन्दै फेसबुकमा पोस्ट गर्दिनुले पनि नेपालि समाजका स्टेकहोल्डरहरुको खिल्ली उडेको थियो।

राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा आएका समाचारहरु साचो हो या झुटो हो तपाइँ हामीलाई खण्डन गर्ने अधिकार थिदै थिएन, केवल थियो त यहाका संचार सस्था हेर्ने आधिकारिक निकाय वा नेपालको प्रेस काउन्सिलको।

त्यहा सम्म पनि नपुगौ, यदि त्यो समयको लागि यी समाचार झुटा थिए भने न त यहाका अबैतानिक दुताबासको कार्यालयबाट खण्डन बिज्ञप्ति नै आए, न त यहाको समाजप्रति उत्तरदायित्व बहन गर्ने निकाए एनआरएनएले नै गर्यो। के राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा आएका समाचारहरुलाई फेसबुकमा पोस्ट्याईएको एउटा फोटो र स्ट्याटसले खण्डन र त्यसको सत्यताको चिरफार गर्दछ ? कुनै पनि समाचारका बिषयमा आएका प्रतिक्रियाहरु र खण्डन पनि त्यसै मिडियामा गरिनुपर्दछ, जुन मिडियाले त्यस बिषयको उत्थान गरेको होस्।

समयको अन्तरालसंगै समाचारको सत्यता र सान्दर्भिकता बदलिसकेको हुन्छ, परिस्थिति बदलिसकेको हुन्छ। एक बर्ष अगाडीको समाचारलाई हिजोआज बिभिन्न अनलाईनले तोडेर, मोडेर, घुमाएर, बंग्याएर सम्बन्धित मिडियामा आएका फोटोहरुको नाम निशाना मेटाउदै दुस्प्रचार गरिरहेका छन्। अझ बागमती किनारका सुकुम्बासी बस्तीका फोटोहरुलाई जोडेर सनसनीपूर्ण बनाएका छन्।

समबन्धित मिडियामा आएका समाचारहरुलाई पर्वाह नगरी अनाधिकारिक रुपमना चलाइएका मिडियाहरुलाई यदि प्रस्रय दिइरहनु भएको छ भने तपॉइ आफैले समजप्रति अफवाह फैलारहनु भएको छ। सबै समाचारहरु समयानुकुल सत्य हुन्छन् समयान्तरमा ति समाचारहरु दोहोरिदा सत्य नहुन पनि सक्छन।

कुनै कुराको पनि सुक्ष्म अध्ययन नगरी सामाजिक संजालमा तिन हात तिन बित्ता उफ़्रिएर बिरोध गर्दैमा हिरो भैइदैन, बरु समाजमा तपाइको भूमिका जिरो हुन सक्छ।

कृपया दश औला जोडेर बिन्ती गर्छु, सक्नुहुन्छ भने प्रबासमा बसेर कोही कसैको भलाइ गर्नुहोला, त्यो पनि सक्नुहुन्न भने कोहि कसैको बिगार नगर्नुहोला। तपाइँ हामी बुझेका, जानेका, पढेका, परेका मान्छे हौ। हामीले समाजलाई उत्तेजित होइन उत्प्रेरित बनाउनु पर्छ, एक असल सामाजिक प्राणि भएर, त्यो पनि घरादेश्मा होइन परदेशमा।

आउनुस् , शुरु गरौ आजको राजानैतिक बहस।

आजको कार्यक्रम अलिकति फरक छ , सदाजसो एकजना मात्र अतिथि हुने नेपाल टक्समा आज हामीले दुइ जना अथितिलाई आमन्त्रण गरेका छौ। पात्र राजनैतिक भएपनि बहस केहि सामाजिक, केहि कुटनीतिक र केहि बैचारिक हुनेछन। पात्र राजनीतिक तर प्रवृति चै अब के हुन सक्ला ? यिनै बिषयमा बहस गर्नका हामीसंग हुनुहुन्छ – प्रवासी नेपाली मंचका पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल तथा नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरे। आउनुस् हेरौ , आजको अन्तरंग।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार