पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।
शुभकामना मन्तब्यको क्रममा संघिय समाजवादी फोरम, पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाले विभिन्न जातजातिका साँस्कृतिक पहिचानको संरक्षण राज्यले गर्नुपर्छ हुनुपर्नेमा जोड दिएका छन्। नेपालका राष्ट्रिय पर्वहरु र संस्कारहरुलाई प्रवासम पनि मनाउन पाउदा सम्पूर्ण नेपालीहरुले मनाउन पाउदा सबैले नेपालीले गर्व गर्नुपर्ने बताएका छन्। राज्यले जनजातिहरुको सांस्कृतिक पहिचानहरु दबाउने र मेटाउने प्रयास भएकाले सबै जनजातिहरुको आफ्नो पहिचान र अस्तित्वको लागि पछि हट्नु नहुने बताएका छन्।