पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।
शुभकामना मन्तब्यको क्रममा प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोबिन्द पौडेलले सबै जातजातिहरु एउटै थलोमा बसेर सबैका चाड मनाउनुपर्छ भनेका छन् । नेपाल र नेपाली समाज बहुजातिय, बहुभाषीय र बहुसांस्कृतिक भएकोले सबैले एक अर्कालाई आदर गर्नुपर्ने र सबै जातजातिहरुका चाड एउटै थलोमा संगै मिलाउनुपर्ने कुरामा जोड दिएका छन्।