पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।
शुभकामना मन्तब्यको क्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले एक अर्का जातिको चाडपर्वलाई सबैले आदर गर्न स्वीकार गर्न सिक्नुपर्ने बताएका छन् ।