ग्रान्दोला, पोर्तुगल।
ग्रान्दोलाको समुन्द्रीतटमा सोमवार बिहान एउटा मानव अस्थिपन्जर भेटिएको छ। भेटिएको मानब अस्थिपन्जर धेरै ठुलो नभएको र पूर्णरुपमा सडिसकेको जानकारी सेतुबाल सुरक्षा अधिकारीहरुले बताएका छन्।
ग्रान्दोलामा भेटिएको सो मानब कंगाल अनुसन्धानका लागि इन्स्टिच्युट अफ लिगल मेडिसिनमा लागिएको छ। अस्थिपन्जर पुरै सडिसकेको र शरीरका केही हड्डीहरु र मानब खप्पर मात्रै फेला परेकोले अनुसन्धानमा समय लाग्ने बिशेषज्ञहरुले बताएका छन्।