लिस्बन ।
मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालबाट कलाकारद्वय जुना श्रीस मगर र बिलन थापा मगर पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन् ।
पोर्तुगलमा रहेका कलाकारहरु सुवासचन्द्र पुन मगर, दीपा राई, इमान पुन मगर, तेज गाहा मगर, अङ्किता घर्ति मगर, बिनोद मगर र सुरक्षा आले मगरलगायतका कलाकारहरुले पनि कार्यक्रममा आफ्ना रोचक प्रस्तुति दिने बताइएको छ ।
दिउसो दुईबजेदेखि शुरु हुने कार्यक्रममा मगर परिकार र विशेष साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने छन् । समाजले टिकटका लागि चोपकुमार राना मगर (९२०४९८५५७), कमल पुन (९२००१४२४०), सुवासचन्द्र (९२०३०३८२२) र तेज गाहा (९२०२६४६११) सँग सम्पर्क गर्न जानकारी गराएको छ । टिकट दर १० युरो मात्र राखिएको छ ।
२७ जनवरी आइतबारका दिन जिनाजिओ क्लब आन्जुसमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भइदिनका लागि पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजका अध्यक्ष राना मगरले हार्दिक अनुरोध गरेका छन् ।