लिस्बोन |
नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगलद्वारा प्रकाशित हाम्रो नेपाल पत्रिकाको दोश्रो अंक भोलि जनवरी २६ तारिखदेखि बजारमा आउने भएको छ । पोर्तुगल र युरोप भरिका नेपाली समुदायको भावना र गतिविधि समेटेर हाम्रो नेपाल पत्रीकाको प्रकाशन शुरु भएको हो ।
प्रकाशन संयोजक योगेन्द्रमिलन छन्त्यालले भने “प्रथम अंकको सबल र कमजोरी सबै पक्षको मूल्याकंन र समिक्षा गरेर हामीले दोस्रो अंक उत्कृष्ट संगालोकोरूपमा ल्याएका छौं” ।
हाम्रो नेपालको बार्षिक ग्राहक बनेर, बिज्ञापन दिएर र खरिद गरेर सहयोग पुर्याइदिन आम पोर्तुगल र युरोपबासी नेपाली दिदिबहिनी, दाजुभाइमा नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगलले आग्रह गरेको छ ।
कुनै सुझाव सम्पर्ककोलागि फेसबुकमा कमेन्ट वा 920020640 वा 920380890 नम्बर सधैं उपलब्ध रहेको जनाइएको छ ।