जम्बुजेइरामा “लोक सास्कृतिक कार्यक्रम ” हुदै

जम्बुजेइरा, पोर्तुगल|

पोर्तुगलको जम्बुजेइरामा यहि फेब्रुअरी १ तारिख शुक्रवार “लोक सास्कृतिक कार्यक्रम ” हुने भएको छ। नेपालबाट आउनु भएका लोक गायक बिरु लामा र ख्यातिप्राप्त चलचित्र निर्देशक ऋषि लामिछाने सो कार्यक्रमको आकर्षण हुने बुझिएको छ।

लोक गायक बिरु लामालाई पोर्तुगलमा लामो समयदेखि कर्मथलो बनाउदै आयका अर्का लोक तथा दोहोरी गायक जेबी ओली तथा कुशल उद्घोषक भगवान भुजेलले साथ दिनेछन। गायक बिरु लामाले गोरखा मनकामना,घरमा पराल बारिमा बन्सो लगाएत थुप्रै चर्चित लोक दोहोरी,सेलो तथा सालैजो गीतमा आफ्नो आवाज दिईसकेका छन् भने दर्जनौ गीतमा आफ्नो आवाजको जादु देखाईसकेका अर्का लोक गायक जेबी ओलीको ठमेल बजारमा अहिले सर्वाधिक चर्चमा रहेको छ।

सो कार्यक्रममा ख्यातिप्राप्त चलचित्र निर्देशक ऋषि लामिछानेको उपस्थितिलाई बिशेष रुपमा हेरिएको छ भने भगवान भुजेलको उद्घोषणले दर्शक तथा श्रोताहरुलाई भरपुर आनन्द दिने बुझिएको छ।

जम्बुजेइरा हल अलन्तेजोमा सम्पन्न हुने सो कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ। कार्यक्रम बेलुका ६ बजेबाट शुरु हुनेछ बहने दर्शकहरुले आफ्नो स्वेच्छाले सहयोग गर्न सक्नेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार