– भगवान गिरी
मानव उत्पत्तिकाबारेमा फरक फरक धारणाहरु छन् । मूल रुपमा धार्मिक र वैज्ञानिक दुई मान्यताहरु प्रवल छन् । उत्पति जसरी भए पनि नारी र पुरुष भएर मात्रै यो सृष्टि चल्दै आएको छ । त्यसैले नारी र पुरुष एक रथका दुई पाङ्ग्र्रा भनिएको होला ।
यस लेखमा पोर्तुगलका केही नारीहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । जसले पोर्तुगलका महत्वपूर्ण भूमिकामा नेपाली समाजलाई नेतृत्व गरिरहेका छन् । अरु महिलाहरु पनि उत्तिकै अगुवा र सकृय छन् । सबै महिलाबारे एकैपटक लेख्न सम्भव नहुनु स्वभाविक हो । यहाँ संक्षेपमा महिला अध्यक्षहरुको चिनारी समेटिएको छ । अरु अंकहरुमा क्रमशः थप दिदीबहिनीहरुबारे पनि चर्चा हुनेछ ।
सीता बराल,
अध्यक्ष, नारी समाज पोर्तुगल
सीता बराल पोर्तुगलमा समाजसेवी महिलाको रुपमा चिनिएको नाम हो । निकै सक्रिय र सहयोगी भावना बोकेकाले महिलाको नजरमा उनी परिचित छिन् । पोर्तुगलमा नेपाली नारीहरुको हक हितमा निष्पक्ष रुपमा आवाज बुलन्द गर्न नेपाली नारी समाज गठन गर्ने पहल लिएर उनी संस्थापक अध्यक्ष भइन् । उनले स्थापनादेखि अहिलेसम्म नेतृत्व गरिरहेकी छिन् । उनको सक्रियता नारी समाजमा मात्र सीमित छैन । उनी गैह्र आवासीय नेपाली संघ पोर्तुगलको महिला संयोजक र कास्की समाज अन्तर्राष्ट्रिय समन्वय समितिको महिला उपाध्यक्ष पनि छिन् ।
सन् २००७ तिर इजरायल हुँदै शुरु भएको उनको प्रवास यात्रा अहिले पोर्तुगलमा आइपुगेको छ । पोर्तुगलमा नारी समाजको अगुवाइमा धेरै रचनात्मक गतिविधिको नेतृत्व गर्दै आएकी छिन् । समाजले नेपाली हिन्दू नारीहरुको सबैभन्दा महत्वपूर्ण चाड हरितालिका तीजलाई सार्वजनिक तवरले भव्य रुपमा मनाउदै आएको छ । पोर्तुगलमा रहेका नेपाली बालबालिकाहरुलाई आºनो भाषा, संस्कृति र संस्कार नबिर्सिउन् भन्ने पवित्र भावना अनुरुप अहिले नारी समाजको अगुवाइमा नेपाली भाषा कक्षा सञ्चालन भइरहेको छ । उनी भन्छिन्, ‘सानै उमेरदेखि समाजका लागि गरौं भन्ने चाहना, ईच्छा र भावनाले अहिलेसम्म प्रेरित गरेको छ ।’
सीता बराल समाजसेवी मात्र होइन, एउटी कुशल नेतृ र साहित्यकार पनि हुन् । उनका कथा, कविता र गीत गायन सुन्न वा पढ्न रोचक र कर्णप्रिय हुन्छन् ।
सुनिता तामाङ,
अध्यक्ष, तामाङ समाज पोर्तुगल
पोर्तुगलमा तामाङ समाज एउटा सक्रिय जातीय संस्था हो । यो समाज नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलमा पनि आवद्ध छ । तामाङहरुको मातृसंस्था भए पनि यो समाज पोर्तुगलमा सबै नेपालीहरुको प्यारो संस्थाको रुपमा चिनिएको छ । यही महत्वपूर्ण संस्थाको नेतृत्व गरिरहेकी छिन् एकजना नेपाली महिला सुनिता तामाङले । सक्रिय र फरासिला उनी सहयोगी मनकी धनी छिन् ।
लिस्बनमा रेष्टुरेन्ट व्यवसाय गरेकी तामाङको प्रवास यात्रा शुरु भएको भने झण्डै डेढ दशक नाघ्यो । हङकङ दश वर्ष बिताएर पोर्तुगल आएकी उनी आºना बुवा कृष्णबहादुर तामाङको बौद्धमार्गी, अहिंसावादी र समाजसेवी भावनाबाट आकर्षित भएको बताउछिन् । नेपालमा आङ्खनो समुदाय त्यति शिक्षित नभएका कारण पिछडिएको बताउछिन् सुनीता । त्यसमा पनि महिलाहरुको हरुको स्थिति अझ नाजुक छ ।
‘त्यही समाजको आमा दिदीबहिनीहरु सबैलाई जागरुक बनाउन अग्रसर भएकी छु । तपाईंहरु सबैको सहयोग र सद्भावले खुशी छु ।’ तामाङले हाम्रो नेपालस“ग खुशी व्यक्त गरिन्, ‘समाजमा छोरी मान्छेले केही गर्न सक्दैनन् भन्नेहरुका लागि महिलाहरुले केही गरेर देखाउनु पर्छ ।’
तामाङ समाज जातीय संस्था भए पनि उनी पोर्तुगलको नेपाली समुदायमा दुखसुखको साथी बनेर सबैको प्रिय पात्र बनेकी छिन् । उनले आºनो व्यवसाय दत्तचित्त भएर लाग्न नपाए पनि सामाजिक संस्थामा रहेर समाज सेवा गर्दा आफूलाई आत्म सन्तुष्टि मिलेको बताउछिन् । पोर्तुगलको हकमा महिला मात्र नभइ पुरुष पनि समस्यामा परेको बताउछिन् । महिला दिदीबहिनीहरुलाई आºनो धरातल हेरेर आफूलाई परिवर्तन गर्नुपर्ने, नेपालबाट प्रवास आएपछि यहा“को देखासिकी गर्न नहुने सुझाव दिन्छिन् । समय स्थानअनुसार आफूलाई परिवर्तन गर्नु राम्रो हो तर अनावश्यक कुराको अनुकरण गर्नु घातक सिद्ध हुन्छ । नया“ परिवेशमा आफूलाई दक्ष बनाउन भाषा सिकेर कुनै कामको तालिम लिएमा राम्रो हुने उनको सुझाव छ ।
दीपा लिम्बू,
अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ
ईतिहासमा कुनै बेला नेपालमा लामो शासन गर्नेमा किराँत राजाहरु पनि थिए । नेपालको पूर्वतिर मुख्य बसोवास रहेको किराँतहरुमध्ये लिम्बु विशेष संस्कृति र इतिहास बोकेको जाति हो । पोर्तुगलमा तिनै किरा“त लिम्बुहरुको संस्था किराँत याक्थुङ चुम्लुङको नेतृत्व गरेकी छिन् दीपा लिम्बुले ।
ताप्लेजुङ लिबाङ घर भइ २००६ मा प्रवास हिडेकी दीपा इजरायलमा केयर गिभरको काम गरिन् । २०१५ मे महिनामा पोर्तुगल आएकी लिम्बू नेपालमा बुबा बलनाथ लिम्बूको राजनीतिक क्रियाकलापबाट प्रभावित भइ सामाजिक कार्यमा संलग्न हुन थालिन् ।
लिम्बु बाल्यकालमा सामाजिक समूह स्थापना गरी समाजमा नाचगान गर्थिन् । पैसा संकलन गरेर समाज सेवामा खर्च गर्दै सक्रिय हुन्थिन् । इजरायल आएपछि आफ्नो काम त छँदै छ उनी किराँत याक्थुङ चुम्लुङको सदस्य बनिन् । लिम्बूले जनजाति महासंघ इजरायलको उपाध्यक्ष रहेर पनि काम गरिन् ।
पोर्तुगल आएपछि आºनै व्यवसाय समेत सञ्चालन गर्दै आएकी लिम्बु आफ्नो भाषा संस्कृति जगेर्ना गर्न सक्रिय छिन् । सबै नेपाली कार्यक्रममा पुग्ने प्रयास गर्ने लिम्बु आफूलाई त्यत्ति भाषण गर्न नआउने बताउछिन् । सधै चिरिच्याट्ट भएर हिड्ने लिम्बुले बोल्न नआए पनि आफूमा काम गरेर देखाउने हिम्मत भएको बताउछिन् ।
यस्तै महिलाको नेतृत्वदायी भूमिका रहेको सामाजिक संस्थामध्ये अलकान्त्रा र सान्तोस क्षेत्रका दिदीबहिनीहरुलाई स¨ठित बनाएर गठन भएको मिलिजुली आमा समूह पनि छ । यसको नेतृत्व राधिका सापकोटाले गरेकी छिन् । सङ्घीय महिला समाज पोर्तुगलको अध्यक्षमा सेमसाङ शेर्पा पनि छुटाउनै नहुने एउटी सक्रिय महिला हुन् ।
(यो लेख हाम्रो नेपाल वर्ष १ अङ्क १ मा समावेश भएको थियो ।)