स्याङ्जा समाज पोर्तुगल स्थापनाको ४ बर्षपछी मात्रै प्रथम अधिबेशन सम्पन्न भएको छ। प्रथम अधिबेशन भएसंगै समाजले नयाँ नेतृत्व र निकास पाएको छ।
जनवरी २८ मा समाजको प्रथम अधिवेशनबाट बिमल गौतमको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा भगवती भण्डारी, आकाशकिरण श्रेष्ठ, अर्जुन अर्याल, महासचिवमा विपिन अर्याल, सचिव देवी डोटेल, थानेश्वर पौडेल र कोषाध्यक्षमा सन्तोष सुवेदी निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा मोहन मरासिनी, मोहन पौडेल, देवेन्द्र लामिछाने, अनिल पाठक, राजेन्द्र डुम्रे, नमुना पौडेल, नवीनहरी पाण्डे, मिलन गुरुङ र सुदीप विक निर्विरोध चयन भएका छन् ।
समाजको २०१५ मा स्थापना भएपश्चात् नेतृत्वको लागि रस्साकस्सी र समाजभित्रै व्यापक असन्तुष्टी भएको समाजकै अगुवा र सदस्यहरु गुनासो गर्दै आईरहेका थिए।
समाजको अधिबेशनमा आएका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष गौतमले प्रतिवद्धता मन्तव्य राखेका थिए भने निर्वाचन संयोजक बलराम पौडेलले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।
देवी डोटेलको सञ्चालनमा उपाध्यक्ष अर्जुन अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता अध्यक्ष दामोदर सुवेदीले गरेका थिए । कार्यक्रम मान्द्रो रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।