तामाङ समाज पोर्तुगलले सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम फेब्रुअरी १० मा मनाउने

तामाङ समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार मन्जुश्री सम्बत २८५५ फाग ल्हो अर्थात सुगुंर बर्गको अवसरमा पोर्तुगलमा ल्होछार बिशेष सांगतिक साँझ हुने भएको छ। तामाङ समाज पोर्चुगलले सधैका बर्षझैँ यो बर्ष पनि कार्यक्रम आयोजना गर्न लागेको हो। ।

फेब्रुअरी १० आइतबार जिनाजिओ क्लब आन्जुसमा आयोजना गरिने सो कार्यक्रम बिहान १० बजेदेखि शुरु हुने आयोजकहरुले जानकारी दिएका छन् ।

समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ वर्ष ल्होछार एकताको सन्देश बोकेर मनाउन लागिएको समाजका निबर्तमान अध्यक्ष सोनाम तामाङ्ले बताए । प्रवासमै रहेतापनि आफ्नो देश तथा तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानलाई जोगाई राख्नुका साथै आफ्नो मातृभूमिलाई विदेशमै भएर पनि आफ्नो संस्कृतिको जर्गेना गर्न सकिने उद्देश्य अनुरूप समाज अगाडि बढेको समाजकी अध्यक्ष सुनिता तामाङले जानकारी दिईन्।

तामाङ सेलो र म्हेन्दोमाया कार्यक्रमको बिशेष आकर्षण हुने बुझिएको छ, अन्य विविध नृत्य र गायन पनि समाबेश छन् । सांस्कृतिक कार्यक्रमका साथमा विभिन्न किसिमको तामाङ परिकारको मज्जा सगैं रमाइलो सांस्कृतिक साँझ बनाउने तयारीमा समाज रहेको छ ।

उक्त कार्यक्रमलाई भव्य बनाउन नेपालबाट आउने कलाकारहरू बरिष्ठ सङ्गीतकार तथा गायक चन्द्रकुमार दोङ, गायिका पूर्णिमा लामा, विरु लामा र हेम वाइवा लगायत पोर्चुगलमा रहेका कलाकारले समेत वेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ ।

पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई तामाङ संस्कृति र सभ्यताको अवलोकन गरिदिन हुन समाजले अनुरोश गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार