फ्रान्सका लागि नयाँ नेपाली राजदुत अधिकारी भएसँगै पोर्तुगलका नेपालीहरु उत्साहित , यी चार देशमा भए राजदुत हेरफेर

लिस्बन ।

सरकारले संयुक्त अरब ईमिरेट्स, मलेसिया, कुवेत र फ्रान्सका लागि राजदुत हेरफेर गरेको छ। सोमबार एक बिशेष समारोहका बिच यी चारै देशका लागि नयाँ राजदुतहरुले सपथग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका उदयराज पाण्डे, कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका दुर्गाप्रसाद भण्डारी र पोर्तुगल समेत कार्यक्षेत्र भएका फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका दीपक अधिकारीले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।

पोर्तुगल फ्रान्स दुतावासको कार्यक्षेत्रभित्र पर्ने भएकोले फ्रान्सका लागि नयाँ राजदुत दिपक अधिकारी भएसंगै पोर्तुगल रहेका नेपालीहरु उत्साहित भएका छन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार