लिस्बन, पोर्तुगल।
पोर्तुगलको विदेशिय तथा सीमा सेवा (सेफ) ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ।
एभेरोमा मा लगभग ३० विदेशी नागरिकहरुसंग चेकजाँच गरिएको थियो जसमध्ये ४ जना गैर कानुनी रुपमा बसिरहेकोले २० दिनभित्र देश छोडन सेफले आदेश दिएको छ र अटेरी गरे बल प्रयोग गरी डिपोर्ट गरिने सेफले जनाएको छ।
गैर कानुनी आप्रवासीहरुलाई काम दिएको अभियोगमा २ व्यवसायीहरुलाई ४ हजार देखि २० हजार यूरोसम्मको जरिवाना गरिएको छ।
त्यसैगरी भिज्यूमा पनि ३ जना आप्रवासीहरु गैर कानुनी अवस्थामा भेटिएको सेफले जनाएको छ, जसमध्ये एक जनालाई देश छोड्न आदेश दिईएको छ भने अन्य दुईलाई पक्राउ गरि अदालती कारवाही अगाडी बढाईएको छ ।
पोर्तुगलमा हुने मानब तस्करी र श्रम शोषण रोक्न र देशको सिमा सुरक्षा गर्न सेफले सो सर्च अप्रेशन गरेको जनाएको छ।
पछिल्लो समय सेफले आप्रवासीहरुमाथि चेकजाँच निकै बढाएको छ।
यो पनि पढ्नुहोस् !