लिस्बन, पोर्तुगल।
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भको अधिवेशन यहीँ मार्च १७ तारिख आइतवारका दिन हुने भएको छ । अधिबेशन नजिकिएसंगै संघले सदस्यता बिस्तारमा तिब्रता ल्याएको छ।
नयाँ सदस्यता वितरण तथा पुराना सदस्यहरुको नविकरणको अन्तिम म्याद मार्च ५ तारिख तोकिएको छ । अल्गार्भ क्षेत्रका अल्बुफेरा, भिल्लामोरा, मोन्तेगोर्दो , ताभिरा, क्वार्तेरा, फारो लगायतका स्थानहरुमा समितिका प्रतिनिधीहरु सदस्यता वितरणकालागी पठाईएको एनआरएनए आरसिसि अल्गार्भका अध्यक्ष अनिल शर्माले बताएका छन्।
अल्गार्भका विभिन्न स्थानहरुमा सदस्या वितरण तथा नविकरणका संघले प्रतिनिधिहरुसंग फारमहरू पठाएको र अहिले सम्म करिब ५०० सदस्यता वितरण भैसकेको जानकारी प्राप्त भएको छ ।
समयमै सदस्य बनेर वा पुराना सदस्यहरुले नबिकरण गरेर संघलाई सहयोग गरिदिनहुन गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भले सबैलाई अनुरोध गरेको छ।