काठमाडौँ ।
खाना खाने कुरामा मानिसहरुको आ-आफ्नै बानी हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानीको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ ।
आयुर्वेदमा सुत्नु भन्दा २ घण्टा अघि नै खाना खाइसकेको हुनु पर्ने उल्लेख छ । खाना खाने वित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ । त्यतिमात्र होइन यसले गर्दा पाँचन प्रणालीमा समेत असर गर्छ ।
पास्ताः पास्ता निक्कै छिट्टो तयार हुने ब्यञ्जन मध्ये एक हो ।
मानिसहरु सजिलो हुने भएका कारण रातिमा पास्ता बनाएर खान्छन् । तर यसमा हुने अत्याधिक कार्वोहाइड्रेटको मात्राले शरीरमा पाचन प्रणालीमा असर पर्छ । रातिमा गरिने आरामको समयमा सहजै नपच्ने तत्व हुने हुँदा पास्ता रातिमा खानु राम्रो हुँदैन । यसले एसिडिटी बढाउन सक्छ ।
मसलेदार खाना :
रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।
मिठाइ :
रातिको समयमा मिठाइ खानु पनि राम्रो होइन । यसले दाँतमा असर गर्छ र मोटो पन पनि बढाउँछ ।
चाउचाउ वा चाउमिन :
चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन । सुत्नु अघि चाउचाउ र चाउमिन जस्ता खानेकुरा खाँधा पेटमा अनेक समस्या आउन सक्छ ।
माछामासु :
रातिको समयमा अत्याधिक मात्रमा माछा मासुको सेवन गर्नु राम्रो होइन् । यसो गर्दा शरीरमा प्रोटिनको मात्रा एकै पटक बढ्ने र आराम लिने समयमा पेटमा समस्या हुँदा सुत्न अहसज हुने हुन्छ ।
काउली र प्याज :
काउली वा प्याज अत्याधिक मात्रामा रेसादार खानेकुरा हुन् । तसर्थ अत्याधिक रेशादार यस्ता खानेकुरा सेवन गर्नु हुँदैन । यस्ता खानाले पनि पेट फुल्ने समस्या हुन सक्छ ।
पनिर वर्गर :
पनिर वर्गरमा अत्याधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसले रातिको खाना अघि यो खानु उपयुक्त हुँदैन । रातिको समयमा पच्न गाह्रो हुने पनिर वर्गर पनि खानु उपयुक्त हुँदैन ।
चिप्सः
चिप्स जस्ता मसलेदार र तारेका खानेकुरा पनि रातिमा खानु उपयुक्त हुँदैन । यसमा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट हुने हुँदा रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ ।
चकलेटः
सुत्नु अघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिन र अन्य घातक तत्वहरु हुन्छन् । यसले मुटुको समस्या बढाउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।