शुक्रवार राति मदैराको फुन्चाल बिच शहरमा भिषण आगलागी भएको छ। आगलागीले पुरै घर ध्वस्त भएको छ।
आगलागीले शहरको बिचमा रहेको भवन पुरै आगोको मुस्लोले लपेटिसकेको थियो। आगलागी भवनको तेश्रो तल्लामा झ्यालबाट गुहार मागिरहेका एक व्यक्तिलाई अग्निनियन्त्रकहरुले लामो प्रयासपछि सिढीको मद्दतले उद्दार गर्न सफल भए।
आगलागी भएको सो भवन घरवारबिहिनहरुले रात काट्न प्रयोग गर्ने गरेको पाईएको छ।
घटनास्थामा अग्निनियन्त्रक, एम्बुलेन्स सेवा र प्रहरी तैनाथ छन्। अहिले आगो नियन्त्रणमा आइसकेको फुन्चालक मेयर मिगेल गोविया दा सिल्वाले जानकारी दिएका छन्।