पोर्तुगलमा पोखराका हरिबहादुर कुँवरको मृत्यु, सन् २०१० यता पोर्तुगलमा ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो

लिस्बन, पोर्तुगल।

पोर्तुगलमा २९ बर्षीय एक नेपाली युवाको दुःखद निधन भएको छ। पोखरा हेम्जा घर भएका हरीबहादुर कुँवरको उपचारको क्रममा साओ जोजे अस्पताल लिस्बनमा मृत्यु भएको हो ।

बिगत ७ बर्षदेखि पोर्तुगल बस्दै आईरहेका मृतक कुँवर ब्रेन ट्युमरबाट पिडित थिए। उनको दुईपटक सम्म अप्रेशन भएतापनि बचाउन नसकिएको परिवारश्रोतले जानकारी दिएका छन्।

चिनियाँ महिलासँग बिवाह गरेका कुँवरकी ३ महिनाकी छोरी छिन्।

पोर्तुगलमा नेपालीहरुको संख्या वृद्धि र कुँवरको मृत्युसंगै सन् २०१० यता पोर्तुगलमा ज्यान गुमाउने नेपालीहरुको संख्या २२ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार