बागलुङको बलेवा क्षेत्रबाट पोर्तुगल आई बसोबास गरिरहेका बलेवालीहरुको संस्था बलेवा सेवा समाज पोर्तुगलको प्रथम अधिवेशन आइतबार लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षका लागि गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ, महासचिवमा केदार पौडेल “के पि बलेवाली”, सचिवमा विजय क्षेत्री, कोषाध्यक्षमा शिव पौडेल रहेका छन् । यस्तै सदस्यहरुमा शिव अखेली, भिम खत्री, सुमन शर्मा “सगुन” , प्रकाश गौतम “अशोक”, बिमल गौतम , अमृत अखेली, टुकानाथ रिजाल, विश्वास पाठक, सन्तोष रोका र अशोक खड्का रहेका छन् ।
अधिवेशनले प्रभात पौडेललाई बलेवा सेवा समाज पोर्तुगलको प्रमुख सल्लाहकार तोकेको छ । यस्तै सल्लाहकारहरुमा दयाराम सुवेदी, फुर्बान रायमाझी, किरण दीप र कबिराज रोका रहेका छन् ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै सल्लाहाकार तथा कार्यक्रमका प्रमुख अतिथि दयाराम सुवेदीले बलेवा सेवा समाज पहिले बनेको बागलुङ सेवा समाजजस्तो बिलय हुनुभन्दा अरु धेरै संस्थालेभन्दा फरक तरिकाले काम गरी एउटा नमूना संस्था बन्नुपर्ने बताउनुभयो । अधिवेशनमा संस्थाका सल्लाहकारहरु प्रभात पौडेल, फुर्बान रायमाझी, कबिराज रोका, किरण दीपलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष एकराज पौडेलको संस्थाको आवस्यकताबारे प्रस्ट परेका थिए । महासचिव केपी शर्माले प्रगति प्रतिवेदन पेश गर्दै समाजले कुनै संस्थाको कार्यक्रममा अतिथि बनेर मञ्च ओगट्न भन्दा पनि बलेवालीहरुबीच भाइचारा कायम राख्दै दुःख सुखमा सँगै सहयात्रा गर्न खोजिएकोले कसैलाई नडराउन र नआतिन आग्रह गरे । अध्यक्ष क्षेत्रीको अध्यक्षता, सचिव विजय केसीको स्वागत मतव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव शर्माले गरेका थिए ।