लिस्बन, पोर्तुगल।
फेब्रुअरी २२ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको हिजो लिस्बनमा अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार सम्पन्न भएको छ ।
हेम्जा पोखरा स्थायी घर भएका कुँवरको ब्रेन ट्युमरका कारण उपचारको क्रममा निधन भएको थियोे ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन लिस्बनमा सयौको संख्यामा नेपालीहरु उपस्थित भइ उनको भावपूर्ण बिदाइ गरे ।
अन्तिम श्रद्दान्जली सभा तथा दाहसंस्कारमा लिस्बनका लागि अवैतनिक नेपाली बाणिज्यदुत मकरबहादुर हमाल, एनआरएनए अध्यक्ष कुबेर कार्की लगायत मृतक कुँवरका आफन्त, साथीभाई तथा सयौका संख्यामा उपस्थित नेपालीहरुले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाई गरे ।
मृतक कुँवर निकै सहयोगी भावनाका लोकप्रिय युवा थिए । उनकी ३ महिनाकी छोरी र श्रीमती पोर्तुगलमै बस्दै आएका छन् ।