लिस्बन, पोर्तुगल।
नमस्ते नेपाली डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालमाथि दुर्व्यवहार भएको छ ।
पोर्चुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको अन्तिम श्रद्दान्जली तथा दाहसंस्कारमा सरिक भएका पत्रकार छन्त्याललाई त्यहाँ उपस्थित एक युवा पशुपति रानालेले “मृत्युको समाचार किन लेखेको” भन्दै दुर्व्यवहार र अपशब्द र हातपात गर्ने प्रयास गरेका छन् ।
पत्रकारमाथि भएको उक्त अशोभनीय क्रियाकलापको नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलले भत्सर्ना गरेको छ।
आधुनिक समाजमा समाचार लेखेकै भरमा कुनै पनि संचारकर्मीमाथिको दुर्व्यवहार र धाकधम्की अति नै निन्दनीय कार्य हो । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि औंला ठडाउने यस अशोभनीय घटनाको नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल घोर निग्दा र भ्रर्त्सना गरेको छ ।
बिमत्ति भएका हरेक बिषयहरुमा छलफल र वार्ताद्वारा समाधान गर्न र भविष्यमा कोही कसैबाट पनि संचारकर्मीमाथि यस्ता निन्दनीय कार्य नदोहोरियोस् भनी नेप्लिज जर्नालिष्ट क्लबले सचेत गराएको छ ।