तनहुँ समाज पोर्तुगलद्वारा नेपालको विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

लिस्बन ।

तनहुँ समाज पोर्तुगलले तनहुँँ जिल्लाको एक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले शुक्ला गण्डकी नगरपालिका १० मा रहेको छब्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र वडाध्यक्ष रामचन्द्र भण्डारीलाई विष्णुमाया श्रेष्ठले तीस हजार एक सय एक रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । समाजका कोषाध्यक्ष विष्णु लम्साल र उपाध्यक्ष लिलकुमार श्रेष्ठले विष्णुमायाको नाममा मनी ट्रान्सफरमार्फत रकम पठाएका थिए ।

समाजका अध्यक्ष देव श्रेष्ठले सहयोगी सबैलाई विशेष धन्यवाद दिएका छन् । समाजले जिल्लाका योजनाहरुमा सहयोग गर्दै आइरहेको छ । अध्यक्ष श्रेष्ठले अन्य जिल्लामा पनि समाजबाट सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार