लिस्बन, पोर्तुगल।
नेपाली नारी समाज पोर्तुगलकी २०१७-१९ कार्यसमिति उपाध्यक्ष निर्मला ढकाल खराल संस्थागत कारवाहीमा परेकी छिन्।
विहीबार सम्पन्न नारी समाज पोर्तुगलको कार्यसमितिको पूर्ण बैठकले समाजका उपाध्यक्ष निर्मला खराल ढकाललाई कारबाही गरेको हो । उनलाई समाजको अनुशासन पालना नगरेको, समाजको ब्यानर प्रयोग गरी समानान्तर नारी समाज खोल्ने दुष्प्रयास गरेको, समाजप्रति भ्रामक लाञ्छनासहित प्रचारप्रसार गरेको आरोप लगाइएको छ ।
निर्मलालाई समाजको विधान २०१४ को दफा ६ को उपदफा २ बमोजिम विधानविपरित काम गरेको ठहर गर्दै अब दुई वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको कुरा एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
कार्वाही गरिएको सम्बन्धमा !
नेपाली नारी समाज, पोर्चुगलको २०१७-२०१९ कार्यकालका लागी उपाध्यक्ष पदमा रहि एक कार्यकाल समेत सम्पन्न गरि सक्नु भएको निर्मला ढकाल खराल ज्यु ले ८ मार्च २०१९ का दिन शुक्रवार बसेको कार्यसमिति को पुर्ण बैठक मा पुर्व घोषणा गरिएको “१०९ औ अन्तरास्ट्रिय नारी दिवस र दोस्रो साधारण सभा” लाई ९ मार्च २०१९ मा सम्पन्न गर्ने कार्यक्रम सम्बन्धी सहमती जनाए अनुसार कार्यक्रमको तयारी गरिरहेका बेला कार्यसमिति लाइ कुनै जानकारी बिना त्यसै राती एकाएक आफ्नै सहमति बिपरित नेपाली नारी समाजको ब्यानर प्रयोग गरि दोस्रो अधिबेशन को संयोजक बनी प्रचारप्रसार गर्दै अर्को नारी समाज घोषणा गर्ने दुस्प्रयास गरी समाजमा नारी समाज प्रती लान्छना र भ्रामक समाचार प्रचार गर्नु भएको हुदा नेपाली नारी समाज, पोर्चुगल (NWS) विधान २०१४ को परिच्छेद ३, ६.२ अनुसार समाजको विधान बिपरित काम गरेको ठहर गरि आज १४ मार्च २०१९ का दिन बसेको कार्यसमितिको पुर्ण बैठक ले निज निर्मला ढकाल खराल ज्यु लाई आजको मिति देखि २ बर्ष सम्म समाजको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको सर्वसम्मत निर्णय गरिएको कुरा सम्पुर्ण लाई जानकारी गराउन चाहन्छौ ।
यस अघि समाजले प्रवासी नेपाली एकता मन्चको धम्कीपूर्ण प्रेस विज्ञप्ति आएको उल्लेख गर्दै घोर भ्रर्त्सना गरेको थियो । एक अनुरोध विज्ञप्तिमा बहस गर्न तयार रहेको हुँदा सम्पूर्ण सामाजिक संघ संस्थाहरु साथै पत्रकारहरुसँग छलफलको वातवरण मिलाइदिन अनुरोध गरेको थियो ।
बामपन्थीहरु समानान्तर ” नारी समाज गठनको तयारीमा :
नेपाली नारी समाज पोर्तुगलको बर्तमान कार्यसमितिसँग असन्तुष्ट रहेकी निर्मला खराल ढकाल सहितको टोलीहरुलाई सघाउ गर्दै प्रबासी नेपाली एकता मञ्च पोर्चुगलले समानान्तर नारी समाज गठन गर्ने तयारी गारिरहेको बुझिएको छ। बामपन्थी विचारधारा रहेका नारी समाजका सदस्यहरुहरुलाई एकत्रित गर्दै ढकालले कम्युनिष्ट विचारधारा भएका सबै सदस्यहरु समाजबाट अलग रहेको बताउदै समाजका सबै कार्यक्रम बहिष्कार गर्ने बताएकी थिईन्।
यसैबिच प्रबासी नेपाली एकता मञ्च पोर्चुगलले पनि एक प्रेस बिज्ञप्ति निकाल्दै निज ढकाललाई समाजका पदाधिकारीहरुले मानसिक यातना दिएको भन्दै घुमाउरो पाराले धम्की दिदै पोर्चुगल को कानुन र नेपाली कानुन अनुसार सम्बधित मन्त्रालयहरुमा कानुनी उपचारहरु खोजिने जनाउनुका साथै प्रबासी नेपाली एकता मञ्च सँग सम्बन्धित महिलाहरुलाई नारी समाजमा अब उपरान्त उपस्थित नहुन उर्दी जारी गरेको थियो।
प्रबासी नेपाली एकता मञ्च पोर्चुगलले जारी गरेको बिज्ञप्ति यस्तो थियो !
प्रेस विज्ञप्ति :
“आदरणिय पोर्चुगल निबासी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु नेपाली नारी समाज पोर्चुगल को दोस्रो अधिबेशन का शिलशिलामा भएका गतिविधि को सम्बधमा सङ्गठन को ध्यानाकर्षण भएको छ । अधिबेशन को प्रक्रिया मा भएका बिभिन्न क्रियाकलाप हरु मा सङ्गठन को नाम जोड्ने काम भएको छ । अहिले सम्म नारी समाज मा काम गर्र्दै आउनु भएका महिला दिदीबहिनी हरु नै उम्मेदवार हुनु भएँको थियो बिचार नै नभएको कोही हुँदैन । आज नेपाली नारी समाज पोर्चुगल को सीता बराल समुहकी अध्यक्ष सीता बराल र नेपाली नारी समाज पोर्चुगल को दोस्रो अधिबेशन आयोजक समितिकी संयोजक निर्मला खरालको बिचमा सहमति गराइ नारी समाजलाइ एकिकृत बनाउनु पर्छ भन्ने उद्देश्य का साथ दुबै को बिचमा सौहार्द पूर्वक सिता बराल समुहकी अध्यक्ष सीता बराल र संयोजक निर्मला खराल ले हस्ताक्षेर गरेर सम्पन्न भएको थियो । दुबै अधिबेशनका कार्यक्रम हरु लाइ स्थगित गर्र्दै आज नारी दिवस मात्र मनाइने निर्णय सहित सम्युक्त कार्यक्रम को सम्पन्न गर्नै निर्णय भएको थियो त्यसै अनुसार नेपाली नारी समाज पोर्चुगल की संयोजक निर्मला खराल हामी सहित कार्यक्रम मा जानु भएको थियो । कार्यक्रम नारी दिवस मात्र भन्ने कुराको उल्ङन गर्र्दै सीता बराल समुहबाट मनोमानिक ढंग बाट कार्यक्रम सकिए पछी संयोजक निर्मला ढकाल लाइ भित्र हलमा कोठा बन्द गरी मानसिक यातना सहित अपमान पुर्ण ब्यबहार गरिएको छ त्यसको भिडियो समेत हामी सँग सुरक्षित छ । एकातिर बसेर सहमति गर्नै अनि आफैले गरेँको सहमति उल्लङ्घन गराउन जबर्जस्ती अर्को पक्षालाई समेत हस्ताक्षेर गराउन लगाउने हर्कत गरेँकी छन यी सबै चिजाहरु को कानूनी उपचार पोर्चुगल को कानुन र नेपाली कानुन अनुसार सम्बधित मन्त्रालय हरुमाउपचारहरु खोजिने जानकारी गराउन चाहान्छौ । साथै प्रबासी नेपाली एकता मञ्च सँग सम्बन्धित महिला दिदी बहिनी हरु लाइ सिता बराल समुहको नारी समाज मा अब उपरान्त उपस्थित नहुन अनुरोध गर्दछौ ।
एकता कार्यदल “