– सम्झना अधिकारी , लिस्बन, पोर्तुगल।
नेपाली चेली आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु ” पोर्तुगल फेशन विक” मा समाबेश भएका छन्।
करिब चार बर्ष पहिले पोर्तुगलमा फेशन डिजाईन अध्ययन गर्न पोर्तुगल आएकी आस्माले फेशन डिजाईनको अध्ययन ESAD मा गरेकी हुन्।
युरोपमा हुने विभिन्न फेशन शोमा आफ्ना डिजाईनहरु प्रस्तुत गरिसकेकी आस्मा पोर्तुगलमामा सम्पन्न New Creators PFN 2018 Contest मा बिजयी भएकी छिन्। कार्की निकै नै अनुशासित , परिश्रमी र भद्र स्वभावकी छिन्।
बैदेशिक रोजगारको क्रममा पोर्तुगल आए आस्माका परिवार हाल क्वर्तेइरामा बस्दै आईरहेका छन्। आफ्ना अभिभावकसंगै पोर्तुगल आएकी अस्माले आफ्नो पढाई पोर्तोमा गरिन्।
विश्वका ख्यातिप्राप्त फेशन डिजाईनरहरुसंग काम गर्ने चाहने राख्ने अस्माको फेशन डिजाईनमै मास्टर्स डिग्री गर्ने धोको छ।
पोर्तोमा १४-१७ मार्चसम्म सम्पन्न भईरहेको ” पोर्तुगल फेशन विक” मा आफ्ना डिजाईनहरु अवलोकन गरिदिनहुन अस्माले अनुरोध गरेकी छिन्।
” पोर्तुगल फेशन विक”मा आस्मा कार्कीले डिजाईन गरेका फेशन पहिरनहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।