पोर्तुगलमा खुल्ला भलिबल प्रतियोगिता हुदै

लिस्बन, पोर्तुगल।

पोर्तुगलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मोना समाज पोर्तुगलको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो।

लिग सिस्टममा हुने भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३०० यूरो तोकिएको छ। बिजयी टिमले १५०० युरो नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले एक हजार युरो नगद सहित ट्रफी , मेडल र प्रमाणपत्रले पुरष्कृत हुनेछन। प्रतियोगिताको लागि टिम दर्ताको अन्तिम मिति ६ अप्रिल ३ बजे दिउसो तोकिएको छ।

उक्त खुल्ला भलिबल प्रतियोगितामा पोर्तुगलमा रहेका भलिबल खेलाडी तथा खेलप्रेमी सम्पूर्ण नेपालीहरुमा सक्रिय सहभागिताको लागि मोनाले अनुरोध गरेको छ। खेल ७ अप्रिल आइतवारका दिन सम्पन्न हुने जानकारी मोनाका महासचिव धन थापाले जानकारी दिनुभएको छ ।

भलिबल प्रतियोगिताका सफलतापुर्वक सम्पन्न गर्न मोना समाजकै उपाध्यक्ष तथा खेल संयोजक दिपेन्द्र भण्डारी ( ९२०३७७८५९ ) , त्यस्तै अर्का खेलकुद संयोगकद्वय भुवन आचार्य केन्द्र ( ९२०३९३३२९) तथा सुरेश के.सी. अलेन्तेजो क्षेत्र ( ९२०४७६३७८ ) लाई जिम्मा दिईएको छ। खेल Calcada da tapada, pavilhao desportivo da Ajuda 1300-551 lisboa मा सम्पन्न हुने जानकारी आयोजकले दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार