लिस्बन, पोर्तुगल ।
“हाम्रो संस्कृति हाम्रो परम्परा, साँस्कृतिक बिबिधता हाम्रो एकता” भन्ने नाराकासाथ एनआरएनए पोर्तुगल क्षेत्रीय समिति अलेन्तेजु पोर्तुगलको आयोजनामा अलेन्तेजुमा पहिलो नेपाल फेस्टिबल हुने भएको छ ।
“आज मार्च १६ तारिख शनिबार दिउँसो ३ बजेबाट स्थानीय जम्बुजिरा क्लब हलमा फेस्टिबल सम्पन्न हुदैछ । फेस्टिवलका लागि तयारी पुरा भैसकेको जानकारी ” एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष एवं फेस्टिबल तयारी समितिका एक सदस्य तिलक गैरेले दिएका छन् ।
स्थानीय म्युनिसिपालसंग समेतको सक्रिय सहभागितामा बृहत साँस्कृतिक कार्यक्रम सहित स्थानीय पोर्तुगिसहरुको समेत उपस्थितिमा नेपाल फेस्टिबल मनाउ लागिएको आयोजकहरुले बताएका छन्।
फेस्टिबलमा पोर्तुगलमा रहेका नेपाली कलाकारहरुको दमदार सांगीतिक प्रस्तुति रहने छ । फेस्टिबलमा सहभागी भएर सफल बनाउन सहयोग गरिदिनहुन अलेन्तेजु र पोर्तुगलबासी नेपालीहरुलाइ आयोजकहरुले आग्रह गरेका छन् ।
NRNA अलेन्तेजु क्षेत्रीय समितिको प्रथम अधिवेशन पनि :
आजकै दिन सोही स्थानमा NRNA अलेन्तेजु क्षेत्रीय समितिको प्रथम अधिवेशन र घोषणासभा पनि सम्पन्न हुने आयोजकहरुले बताएका छन्।