काठमाडौं । जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौ रुपैयाँ विपन्न नागरिकलाई आर्थिक सहायता बाड्ने नाममा उडाएका छन् । २०६२ ०६३ पछि बनेका १२ वटा सरकारले तीन अर्ब ९५ करोड रुपैयाँ बाडेको तथ्य निकालिएको छ ।
पूर्वप्रधानमन्त्रीहरू गिरीजाप्रसाद कोइरालाको पालामा ८ करोड, पुष्पकमलदाहल प्रचण्डको पालामा २३ करोड, माधवकुमार नेपालको पालामा १९ करोड २३ लाख रुपैयाँ बाँडिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुारम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा क्रमश १५ करोड ४३ लाख, नौ करोड ३२ लाख र ११ करोड ७७ लाख बाँडिएको छ । त्यस्तै सुशिल कोइरालाको पालामा दुई अब ६७ करोड, केपी ओलीको पालामा ३३ करोड १६ लाख र शेरबहादुर देउवाको पालामा ३० करोड रुपैयाँ बाँडिएको हो । यो खबर आजको राजधानी दैनिकले लेखेको छ ।