यसकारण लाग्छ बढी निद्रा

काठमाडौं । कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, निद्रा लागिरहने हुन्छ । यसको एउटा कारण एनिमिया (रक्तअल्पता)को समस्या हो ।

शरीरमा रातो रक्तकोषको कमी भएमा एनिमिया हुने गर्छ । रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पु-याउने काम गर्छ । आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुने गर्छ । जसले मानिसलाई कमजोर बनाउँछ । र, अत्यधिक निद्रा लाग्न सक्छ ।

-डिप्रेसनको सिकार भएका मानिस पनि अफिसमा बढी निदाउने गर्छन् । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । डिप्रेसनका कारण मानिसले आफूलाई निकै कमजोर महसुस गर्छ । र, उदासीनताको पनि सिकार हुन्छ ।

-चिकित्सकले दैनिक चार लिटर पानीको प्रयोग गर्ने सल्लाह दिन्छन् । त्यसैले शरीरमा पानीको कमी हुन दिनुहुँदैन । शरीरमा पानीको कमी हुँदा छटपटी, थकान, निद्रालगायतको समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार