नेपाल महोत्सव लिस्बन २०१९, सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न – के के हुदैछ नेपाल महोत्सवमा ?

लिस्बन, पोर्तुगल ।


नेपाल महोत्सव लिस्बन २०१९ सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न भएको छ। गत बर्षदेखी नेपाली नयाँबर्ष सन्दर्भ पारेर नेपाल महोत्सव लिस्बन मनाउन थालिएको हो।

आगामी अप्रिल १४ तारिख पोर्तुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा नेपाल फेस्टिबल तथा अप्रिल १३ तारिख युरोप स्तरीय 7A साइड फुटबल प्रतियोगितासम्पन्न हुनेछन।

अन्तरक्रियामा महोत्सवलाई सफल र भब्य बनाउन विभिन्न कोणबाट छलफल भएको थियो भने प्रचारप्रसारलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा मिडियाकर्मीहरुले सुझाव दिएका थिए ।

महोत्सवका विविध पक्षको तयारीको बारेमा एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्की, उपाध्यक्ष नारायणकाजी मगर, उपाध्यक्ष ईश्वर रिजाल, सचिव प्रकाश कडरिया , कोषाध्यक्ष कुमार घलान, मिडिया संयोजक शम्भु सिलवाल लगायतले प्रकास पारेका थिए ।

गैर आवासीय नेपाली संघ पोर्चुगलको आयोजनामा हुने १४ अप्रिल २०१९ को दोश्रो नेपाल महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।

पहिलो नेपाल महोत्सवले सुधार्नुपर्ने धेरै कुरा सिकाएकोले यस पटकको कार्यक्रम ब्यबस्थित र थप मनोरन्जनात्मक हुने आयोजकहरुले बताए ।

यस पटकको नेपाल महोत्सव अलमेदा पार्कमा हुने र कार्यक्रम स्थल, स्टेज तथा साउण्ड सिस्टम लिस्बन नगरपालिकाले उपलब्ध गराउने बताइएको छ ।

नेपाल महोत्सवमा लक्की ड्र ( चिट्ठा ) पनि :

यस पटक मेलामा सहभागी मध्ये ३ जनाले बिशेष उपहार पाउने भएका छन्। मेला आयोजकले कार्यक्रम स्थलमा नै लक्की ड्र (चिठ्ठा ) खुलाउने तयारी गरेको छ। इच्छुक ब्याक्तिहरुले ५ युरो बराबरको लक्की ड्र कुपन लिन सक्नेछन। सो कुपनले अप्रिल १३ तारिख हुने एनआरएन युरोप स्तरीय सेभेन-ए साइड फूटबल प्रतियोगिता हेर्नको लागि टिकटको पनि काम गर्ने छ।

उक्त लक्की ड्र (चिठ्ठा ) को नतिजा १४ तारिख नेपाल महोत्सवको स्टेजबाटै घोषणा गरिने र प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नेपालको, स्विजरल्याण्डको र पोर्चुगलकै सुन्दर टापु बिश्व चर्चित फुटबल खेलाडी रोनाल्डोको जन्म स्थल मदैराको लागि दुई तर्फी टिकट उपहार स्वरुप प्रदान गरिने सो अवसर जानकारी दिएको थियो ।

लक्की ड्र (चिठ्ठा ) को कुपन अप्रिल १३ र १४ दुवैदिनको कार्यक्रम स्थलमा उपलब्ध हुने र अग्रिम कुपन लिनको लागि एनआरएनए पोर्चुगलको कार्यालयमा वा कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न सकिने मेला आयोजकहरु ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार