सेन्जेन भिसा र लिगल इन्ट्री नभएकाहरुको पनि अब आर्टिकल ८८ बाटै आवास भिसा बन्ने : राष्ट्रपति मार्सेलो

गणेश पाण्डेय, लिस्बन।

पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो।

नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसोबास गरिरहेका तर कम्तिमा पनि १२ महिनाको सामाजिक सुरक्षा कर ( Social Security Tax ) तिरेकाहरुको लागि आवास भिसा सहज बनाईएको छ।

संविधान सभाको २२ फेब्रुअरीमा बसेको बैठकले पोर्तुगलको राष्ट्रिय भूमिमा प्रवेश गर्ने, बसोबास गर्ने, पोर्तुगल छोड्ने र आप्रवासीहरुलाई देश निकाला गर्ने कानुनको अनुमोदन गरिएको थियो।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुनले बिना भिसा वा गैर कानुनी तरिकाले पोर्तुगल प्रवेश गरका र यहाँ बसोबास गरिरहेका आप्रवासी भएतापनि कम्तीमा १२ महिनाको सामाजिक सुरक्षा कर ( Social Security Tax ) तिरेका आप्रवासीहरुलाई कानूनी रूपमा देशमा प्रवेश गरेको मान्यता दिएको छ।

पोर्तुगलको आप्रवासी कानुनमा भएको यो परिवर्तनले आप्रवासी कानुन नीति २००७ लाई खारेजी गरेको छ , जसमा पोर्तुगलको भूभागमा भिसा लिएर कानुनी रुपमा प्रवेश गरेका (Legal Entry with Visa ) लाई मात्रै आप्रवासी आवास अनुमति दिने उल्लेख गरिएको थियो।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुन अनुसार आप्रवासी नितिको आर्टिकल १२३ को खारेजी हुनेछ भने सम्पूर्ण आप्रवासीहरुको आवास अनुमतिपत्र आर्टिकल ८८ अन्तर्गत प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार